रोशी,मंगलटार
रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जना नागरिकहरुले विभिन्न प्रकारका स्वस्थ्य सेवा प्राप्त गरेका छन । रोशी गाउँपालिकाको आयोजना, कान्छीमायाँ मेमोरियल सामुदायिक अस्पतालको समन्वय तथा ताईवान रुट मेडिकल पिस क्रप्स ताईवानको प्राविधिक सहयोगमा शिविर सन्चालन भएको हो । सिविरको हिजो मंगलबार गाउँपालिकाका अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिमबहादुर वाईबाले उद्घाटन गरेका थिए ।
शिविरमा दन्त सेवा ९० जना, अकुपञ्चरमा ४१ जना, आँखा रोगमा १६४ जना, जनरल चेकअप १८० जना, छाला रोगमा ४१ जना र स्त्री रोगमा ३१ जनाले सेवा लिएका छन् । शिविरमा आवस्यकता अनुसार निःशुल्क औषधी तथा चस्मा समेत वितरण गरिएको थियो । गाउँघरमै बिशेषज्ञसहितको सेवा पाएपछि सेवाग्राहीहरु खुशी भएका छन । शिविरमा रोशी गाउँपालिकाको वडा नं. ८, ९, १०, ११, १२ र तेमाल गाउँपालिकाका पनि केही वडाका स्थानीयहरु लाभान्वित भएका छन ।
शिविरको शुभारम्भ गर्नुहुदै रोशी गाउपालिका अध्यक्ष दिनेस लामाले रोशीका नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर जनप्रतिनिधिहरु अगाडी बढेको बताउनुभयो । नागरिक स्वस्थ भए मात्रै बिकास निर्माण सम्भव भएको बताउँनुहुदै उहाँले ६० बर्ष माथीका जेष्ठ नागरिकको परिवारको पालिकाले निःशुल्क स्वास्थ्य विमा गर्दैआएको बताउनुभयो । त्यसरी नै रोशीका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर बिभिन्न समयमा बिभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरहरु आयोजना गर्दै आएको उहाको भनाइ छ ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले पालिकामा विभिन्न समयमा विभिन्न संस्थाहरुको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो । केही दिन पछि यही क्षेत्रमा स्त्री रोग सम्बन्धी शिविर पनि आयोजना गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
शिविरमा रोशी गाउँपालिकाको वडा नं. ८, ९, १०, ११, १२ को साथै तेमाल गाउँपालिकाका पनि केही वडाका स्थानीयहरु लाभान्वित भएका छन ।










