काभ्रे,
रोशी गाउँपालिकाको गाउँसभाको १८औं अधिवेशन सम्पन्न भएको छ । आज गाउँपालिकाका अध्यक्ष दिनेश लामाको सभाध्यक्षतामा गाउँसभाको १८औं अधिवेसन सम्पन्न भएको हो । अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले विनियोजन ऐन माथीको संशोधन प्रस्ताव, कर्मचारी स्थायी गर्ने सम्बन्धी विशेष विधेयक २०८२ प्रस्ताव,न्यायिक समितिको अर्धबार्सिक प्रतिवेदन,गाउँपालिकाका प्रवक्ता तथा रोशी-१२ का वडाध्यक्ष बसन्त कुमार तामाङले आर्थिक बर्ष २०८२/०८३ को प्रगती प्रतिवेदन प्रस्ताव गर्नुभएकोमा सर्वसम्मत रुपले पारित भएको छ ।
अधिवेशनले १७ औं अधिवेशनमा विनियोजित वजेट ७२ करोड ४ लाख ३७ हजार ६७९ मा एक करोड ९१ लाख ८० हजार ९ सय ७८ रुपैयाँ २८ पैसा थप गरी ७३ करोड ९६ लाख १८ हजार ६ सय ५७ रुपैयाँ २८ पैसा बजेट बनाएका छन् ।
आ. व २०८२/८३ को प्रगती प्रतिवेदन अनुसार हालसम्मको कुल आय ३४ करोड २ लाख ४८ हजार ६ सय ६५ रहेको छ । भने हालसम्म १५ करोड २ लाख ९५ हजार ७८८ खर्च (२० दशमलव ८६ प्रतिशत) भएको छ । जसमा १२ करोड ८८ लाख ९ हजार २२७ चालु खर्चबाट र २ करोड १४ लाख ८६ हजार ५६१ पुँजीगत खर्च भएको तामाङले जानकारी दिनुभयो। हालसम्म आन्तरिक स्रोतबाट ५० लाख ४३ हजार २७६ र राजश्व बाँडफाँडबाट ५ करोड ५९ लाख ३२ हजार १३५ आय भएको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।












