काभ्रे, रेडियो रोशी,
बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा न. २ स्थित सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरिले जनाएको छ । प्रहरीका अनुसार, मृतक ४ पुरुष र ४ महिला छन् । सनाखत अझै हुन नसकेको प्रहरीले जनाएको छ ।
बनेपाबाट रोशी गाउँपालिका वडा नं ६ सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको यात्रुबहाक बस बीपी राजमार्गको सेल्फीडाँडा खण्डबाट करिब ३०० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाकी छ ।












