काभ्रे,
काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा महिला स्वास्थ्य तथा पाठेघर एंव स्तन क्यान्सर रोकथाम सम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरिएको छ । आज गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको हो । तेमाल गाउँपालिकाको आयोजना एवं धुलिखेल अस्पतालको साझेदारीमा संचालन भएको अभिमुखीकरण कार्यक्रममा विशेषगरी महिलाहरुको स्वास्थ्य सम्बन्धी परिक्षण हुने बताईएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्र लामा,उपाध्यक्ष दलमान थोकर (डिएम),प्रमुख प्रशासकीय अधिकृत केदार ढकाल, वडा अध्यक्षहरु एंव स्थानीयहरुको सहभागीता रहेको थियो ।