काभ्रे,
जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उँहाले भारत नेपाली जनताको दुःखको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताउनुभएको हो । जाजरकोटमा शुक्रबार राती ६.४ म्याग्निच्युटको भूकम्प गएपछि भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत यस्तो प्रक्रिया दिनुभएको हो । प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।