काभ्रे,
आज रोशी गाउँपालिकाको स्वास्थ्य शाखाको मासिक वैठक स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको छ । वैठकमा सुत्केरी महिलाहरुलाई स्वास्थ्यकर्मीहरुले घरभेट गर्ने भावी कार्यक्रम रहेको निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी गाउँपालिका भरिका कोभिड विरुद्धको खोप लगाउन बाँकी रहेका नागरिकहरुलाई कोभिड विरुद्धको खोप लगाउने, मासिक प्रतिवेदन संकलन, मासिक प्रतिवेदन अनलाईन इन्ट्रिको अनुगमन गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो ।