नेपाली कांग्रेसका युवा नेता, महासमिति सदस्य, तत्कालिन फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य सार्किमान लामा । उहाँ संग नेपाली कांग्रेसका गतिविधिका बारेमा, काभ्रे जिल्लाको समग्र संगठनका बारेमा, प्रतिपक्षमा रहेर गरेका क्रियाकलापको सेरोफेरोमा रहेर कुराकानी गरेका छौँ ।

प्रस्तोताः यश कुमार परियार

० कहिले देखि राजनितिमा लाग्नुभयो ?
– म २०४८ साल देखि नै राजनितिमा लागिरहेको छु ।

० के के जिम्मेवारीमा हुनुहुन्थ्यो, के कस्ता कार्यमा संलग्न हुनुभएको थियो ?
– म २०४८ सालमा नेपाली कांग्रेस सँगै आवद्ध थिएँ । त्यति बेला पार्टीको कुनै पनि जिम्मेवमरी सम्हालेको थिईन । र २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेसलाई सहयोग गरे । त्यस पस्चात २०५२ सालमा नेपाली कांग्रेसले हामी जस्ता शुभचिन्तक कार्यकर्ताहरुलाई अलिकती वेवास्ता भएको कारण हामीलाई पनि नेता हरुको संरक्षणको आवश्यकता हुँदो रहेछ । त्यसैले २०५२ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध भएर काम गरीयो । र २०५४ सालको स्थानिय निर्वाचनमा तत्कालिन शिखर आम्बोटे गाउँविकास समिति वडा नं ८ मा मैले वडा अध्यक्ष निर्वाचित गरें । वडा अध्यक्षमा निर्वाचित भए पस्चात राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला कार्यसमितिको सदस्य भएर काम गर्दै गर्ने क्रममा देशमा विभिन्न खालका राज्यले भोग्नुपर्ने जस्तै माओवादी द्धन्द लगायत विभिन्न खालको बाधा अवरोधको क्रममा काम गर्दै गईसकेपछि पार्टीले हामी स्थानिय तहमा रहेका कार्यकर्ताको त्यतिबेला माओवादि द्धन्दमा परेका हामीलाई संरक्षण गर्न नसकेर निस्कृय बसीरहेको र २०६६–०६७ सालमा जब मधेसी जन अधिकार फोरम विभाजन भएर मधेसस् जन अधिकार फोरम नेपाल लोकतान्त्रिक विजय कुमार गक्षदारको नेतृत्वमा गठन भयो, र २०६७ साल देखि म फोरम लोकतान्त्रिकमा रहेर काम गरिरहेको क्रममा यसै नेपाल लोकतान्त्रिक फोरम मधेसी जन अधिकार फोरम नेपाल लोकतान्त्रिकको प्रथम बिराटनगर महाधिवेसनमा केन्द्रिय सदस्यमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्दै आए । र यो २०७४ को निर्वाचन अगाडि बाम गठबन्धन भएपछि सम्माननिय अध्यक्ष विजय कुमार गक्षदारले नेपाली कांग्रेस सँग पार्टी समायोजन भएर म अहिले नेपाली कांग्रेस सँग काम गर्दै आईरहेको छु ।

० कांग्रेस अहिले के गरिरहेको छ ?
– कांग्रस अहिले आन्तरीक रुपमा संयमवत तरीकाले प्रतिपक्षको भुमिका निर्वाह गरीरहेको छ । जस्तै वामपन्थिहरुले जस्ता उग्ररुपको प्रतिपक्षको भुमिका नभईकन नेपाली कांग्रेसले संयम अपनाउदै, राज्यको सम्पत्ती जोगाउँदै बैज्ञानीक प्रतिपक्षको भुमिका निर्वाह गरीरहेको जस्तो लाग्छ ।

० कांग्रेसले केन्द्र देखि स्थानिय तहसम्म प्रतिपक्षको भुमिका निर्वाह गर्न सकेको छैन भन्ने आम जनताको बुझाई छ, तपाँई अहिले वैज्ञानीक तरीकाले प्रतिपक्षको भुमिका निर्वाह गरेको छ भन्दै हुनुहुन्छ । कस्तो हो यो ?
– जस्तै हरेक मानिसको हेर्ने दृष्टि, सोच्ने सोच र बुझ्ने मानसिकतामा भर पर्छ जस्तो मलाई लाग्छ । नेपाली जनताले हिजो कांग्रेस सत्तामा रहेको बेलामा कम्युनिष्टहरुले रत्न पार्कको रेलिङ भाँचेको, टायर जलाएको, नेपाल सरकारको भौतिक सम्पत्तिहरु नष्ट गरेको र नेपाल बन्द गरेर आम सर्वसाधरणहरुलाई दुःख दिएकालाई मात्र प्रतिपक्ष देख्ने हो भने मेरो भन्नु केहि छैन । तर अहिले नेकपाको नेताहरुले जती पनि ज्याजती गरिरहेका छन्, त्यसको आवाज नेपाली कांग्रेसले भौतिक हिसावले प्रतिपक्षको भुमिका निर्वाह गरिरहेको जस्तो लाग्छ । किनभने राज्यको सम्पत्ती विध्वंस गर्ने मात्रै प्रतिपक्ष होईन नि त । राज्यको सम्पत्तीलाई जगेर्णा गर्दै, आफ्नो विचारलाई जनताको माझमा दिराखेको र प्रतिपक्षको भुमिका भनेको राज्यले गरेको राम्रो कामको समर्थन गर्दै नराम्रो कामको भौतीक हिसावले विरोध गर्नु प्रतिपक्षीको दायित्व हो । र लोकतन्त्रमा प्रतिपक्ष भनेको त गहना नै हो जस्तो लाग्छ । त्यो कारणले अब मान्छेहरुले देख्दाखरी भौतिक संरचनालाई ध्वस्त गरेन भनेर प्रतिपक्ष भएन भनेर भन्नुभयो भने मेरो भन्नु केहि छैन । होईन भने असहले सरकारले गरेको गलत क्रियाकलापहरुलाई जनताको माझमा संचारमाध्मबाट अथवा भौतिक हिसाबले सदनमा वा सडकमा पनि सान्त रुपमा प्रतिपक्षको भुमिका निर्वाह गरिरहेको छ जस्तो मलाई लाग्छ ।

० तपाँईले २०४८ देखि नै लागेको भन्नुभयो, त्यतिबेला के बुझेर लाग्नुभयो र नेपाली कांग्रेसको अहिले वैचारीक धरातल के छ, के पाउनु भयो अहिले सम्म ?
– तपाँईको यो नेपाली कांग्रेसले अवलम्बन गरेको विचारको विषयमा त नेपाली जनतालाई सर्व विधित नै छ । हिजो राणा शासनको विरोधमा पनि नेपाली कांग्रेसले नै नेतृत्व गरेको हो, ३० वर्षे पञ्चायती शासनको विरुद्धमा जनताको मौलीक हक अधिकारको लागी पनि नेपाली कांग्रेसले नेतृत्व गरेर यहाँ सम्म आईपुगेका हौ । जब कि यो गणतन्त्र आउने बेलामा २०६२–०६३ को जन आन्दोलनको क्रममा पनि नेपाली कांग्रेसले नेतृत्व नगरेको भए सायद अहिले सम्म राज्यमा जनताले पाउने हक अधिकारको कुरामा हरेक कुरामा नेपाली कांग्रेसले नै नेतृत्व गरेको हो । २०४८–००४९ सालमा पनि मैले नेपाली कांग्रेसको आस्था बोकेको लोकतान्त्रीक धारमा रहेर काम गर्ने र यहि धारमा रहेर काम गर्ने मेरो प्रतिवद्धता पनि हो । त्यो बेलामा पनि मैले नेपाली कांग्रेस भनेको लोकतान्त्रिक धारको नेतृत्व गर्न सक्ने पार्टी हो है भन्ने हिसावले लागेको हो तर विचार र जनताको घर दैलोमा गएर काम गर्ने क्रममा अलि केहि फरक हुन सक्छ तर नेपाली कांग्रेसले अपनाएको विचार खेद हो भने कहिले काहिँ नेताहरुको कारणले, नेता भनेको खेतालो हो बिचार भनेको खेत हो । त्यसकारण कहिले काहिँ खेतालोको गडबढिका कारण राम्रो फल्नुपर्ने धान पनि मल जल नपुग्दा नराम्रो फलेको हो कि जस्तो मात्र लागेको हो । मलाई के गर्व लाग्छ भने म हिजो प्रवेष गरे देखि नै लोकतान्त्रिक धार भएको पार्टीमा नै लागेको छु ।

० तपाँईले भर्खरै भन्नुभयो नेपाली कांग्रेसले थुप्रै आन्दोलनको नेतृत्व गरेको छ र संविधान पनि दिलायो भनेर तर तिनै तहमा नेपाली कांग्रेस छैन । आन्दोलनबाट संविधान त दिनुभयो तर नेपाली कांग्रेसलाई त जनताले पत्याएनन् नि यसको कारण के हो ?
– मेरो विचाराम नेपाली कांग्रेसका कार्यकर्ताहरु जुन हामीले गरेका कामको तल्लो निकायको जनताको माझमा पुर्याउन नसक्नु नै यस चुनावमा पराजित हुनुको कारण नम्बर १ मा यहि जस्तो लाग्छ । नम्बर २ कम्युनिष्टहरुले जनतामा भ्रम र्छनमा उनिहरु सिपालु हुन्छन् र गाउँ गाउँमा सोझा साझा जनतामाझ भ्रम छरेर उहाँ हरुले चुनाव जित्नुभयो । तर चुनाव जित्नु मात्र ठुलो कुरा होईन मेरो बचिारमा । गाउँ घरमा एउटा उखान छ, डालोले छोपिउन्जेल देखिदैन तर डोकोले छोपेपछि देखिन्छ डोकाको आँखा छ । हिजो यि कम्युनिष्टहरुले जुन खालको गाउँ गाउँमा भ्रम छरेर चुनाव जित्नुभयो, अहिले सत्ता सम्हाल्नुभएको छ । तर जुन दिन देखि उहाँहरुले सत्ता सम्हाल्नुभएको छ, उहाँहरुलाई अहिले डोकोले छोपिराखेको छ । उहाँहरुले जनतालाई दिएका आश्वासनहरु, चुनावमा बाँढिएका घोषणा पत्रहरु सबै चिज हेर्दा उहाँहरुले भ्रम छरेको रहेछ भन्ने पुष्टि भएको छ ।

० हैन अब त्यस्तै कुरा गर्ने हो भने त कांग्रेसले पनि घोषणा पत्र बोकेर गाउँ गाउँमा गयो नि, हामीले संविधान दियौँ, शान्ति दियौँ, लोकतान्त्रिक आन्दोलन गर्यौ, माओवादीलाई शान्तिपुर्ण तरिकामा ल्यायौँ भनेर नेपाली कांग्रेसले भन्यो र घोषणा पत्र पनि बनायो तर जनताले पत्याएनन् । यसको मुल कारण चाहिँ के हो ?
– त्यहि त मैले अघि पनि भनि सकेँ कम्युनिष्टहरु भ्रम छर्न सीपालु हुन्छन्, कांग्रेसका कार्यकर्ताहरुले हामीले गरेका र गर्ने कार्यक्रमहरु जनताको माझमा लिएर गयौ, कति पय कार्यकर्ताहरु कांग्रेसले गरेको सबै कामको मुल्याङ्कन गर्ने हो भने राज्यमा जब आपत पर्छ तब नेपाली कांग्रेसले बाहेक अरुले नेतृत्व गर्न सक्दैन । त्यसैले नेपाली जनताले बुझेको छ त्यसै कारणले नेपाली कांग्रेसलाई सबै जनताले चन्नेछन् भनेर ढुक्क भएर बसेको कारणले पनि र जनताको माझमा जस्ले भ्रम छरेको छ, त्यो भ्रम चिर्न नसक्नु पनि नेपाली कांग्रेसको कम्जोरी हो जस्तो लाग्छ । त्यस कारण र यिनिहरु धेरै संघर्ष गरेर धेरै झुटो छरीराखेको र जुन द्धन्दरत समयमा पनि नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई अहिले नेकपा भन्नेका कार्यकर्ताहरुले बिचार भन्दा पनि बन्दुक बोकाएर नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई गाउँमा बस्न नदिएको एक कारण हो जस्तो पनि लाग्छ मलाई । किन भने उहाँहरु जब बिचारले जित्न सकेन भने हत्या हिंसा सबै चिजमा बिश्वास गर्ने मान्छेहरु हुनाले हत्या हिंसामा लाग्या थियो, कांग्रेसले भौतीक बिचार र राज्यलाई आवश्क पर्ने नितिको मात्रै नेतृत्व गरेको थियो ।

० तपाँईले भन्नुभयो सहि विचार कार्यकर्ता माझमा, गाउँ गाउँ माझमा पुर्याउन निमित्त कस्तो सामथ्र्य छ त, के आधार छ त ?
– नेपाली काँग्रेसले आफूले गरेको राष्टको निमित्त नेपाली काँग्रेसले गरेको योगदान मात्र राम्रो तरिकाले जनताको माझमा घर दैलो सम्म नेपाली काँग्रेसले पुर्याउन सक्यो भने त्यो नै ठूलो मसला हो नेपाली काँग्रेसको निमित्त, किनकी अहिले सम्म जति पनि राज्य माथि परेको विपत्को राज्य माथि आइपरेको संकटको समाधान त नेपाली काँग्रेसको नेतृत्वमै गएको छ नि । त्यसको उदाहरणको निमित्त नेपाली काँग्रेसले आफूले हिजो गरेको कामहरुलाई प्रष्टसँग कार्यकर्ताहरुलाई बुझाएर र ति कार्यकर्ताहरुलाई अव शहर मुखी नभइकन गाउँमुखी, टोलमुखी अथवा घरघर मुखी हुने गरी काँग्रेसको कार्यकर्तालाई प्रशिक्षण दिएर कम्युनिष्टहरुले जस्तो भ्रम छर्नु पर्दैन, काँग्रेसले गरेको सत्य तथ्य कुरा घर घरमा टोल टोलमा पुर्याउन सकियो भने जनतालाई मानसिक विकासमा सु सुचित गर्न सकियो भने त्यो नै नेपाली काँग्रेसको ठूलो मसला हो । एउटा चुनाव हार्दैैमा नेपाली काँग्रेस आत्तिनु पर्ने जस्तो मलाई लाग्दैन किनकी नेपली काँग्रेस जुन बेलामा राज्यलाई आपद् पर्छ, त्यो बेलामा नै नेपाली काँग्रेसले नेतृत्व गरिराखेको छ । अहिले आएको नेकपाको सरकारले जव ७४ को चुनाव पश्चात् सरकार गठन गर्नुभयो, त्यो सरकार गठन गरेको पश्चात् नेपाली जनता माथि जुन आपत् आइपरेका छन् जस्तै नेपली जनता माथि उहाँहरुले जस्तै नेपाल सरकारको प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने काम गरियो, त्यो किन भन्दाखेरी नेपालीहरुको बोल्न पाउने हक अधिकार सञ्चार माध्यमबाट बोल्न पाउने अधिकार कुण्ठित गर्ने देखि लिएर उहाँहरुको जब सरकार गठन गर्नुभयो, त्यो सरकार गठन गरेपश्चात् गाउँ गाउँमा करको भारी नेपाली जनतालाई निम्न भन्दा निम्न कामहरु गरीयो ।

० आफ्नो समय र बिचारको लागी धेरै धन्यवाद ।
– तपाँईलाई पनि धेरै धन्यवाद ।

Facebook Comments