रोशी सहकर्मी–चैत्र १५,
२०७६,बनेपा/

काभ्रेमा धेरै स्वघोषित समाजसेवी छन् । कोरोनाको कहरले विश्वलाई हल्लाएको छ । काभ्रेको मुख्य बजार बनेपामा लकडाउनले धेरै घर बाहिर आउन सक्नु भएको छैन । धेरैले दैनिक हात मुख टार्न मजदुरी गर्नुपर्छ । काभ्रेमा उद्योग वाणिज्य संघ, लायन्स, लियो, जेसीज लगायतका दर्जनौ संस्था छन् । तर काभ्रे रियल स्टेले सबैको मन छुने काम सुरु गरेको छ ।

काभ्रेको रियल स्टेका अध्यक्ष सन्देश लामा हुन् । उनले भुकम्पको समयमा समेत निक्कै राम्रा काम गरेका थिए । नाम कमाउन र कसैले स्यावासी दिन आफूले सामाजिक काम नगरेको लामाले भनाइ छ । उनले नयाँ कामको सुरुवात गरेका छन् । सामाजिक संञ्जालमा पनि लेखेका छन् । अहिले कोरोनाको कारण काम गर्न नसकेर खान नपाउनेहरुलाइ सहयोग गर्ने । काभ्रेको बनेपा तथा आसपासका क्षेत्रहरुमा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने नागरिकहरु कोरोनाको कारण काममा जान सकिरहेका छैनन् ।
काभ्रेको बनेपामा रहेका युवा व्यवसायी सन्देश लामाले दैनिक ज्याला मजदुरी गरेर खान नपाउने परिवारलाई सहयोग गर्ने भएका छन् । रियल स्टेट तथा घरजग्गा व्यवसायी लामाले शुक्रबारवाट सहयोग सुरु गरेका ह्ुन् । काभ्रेमा युवाहरुमाझ लोकप्रिय लामाले शुक्रवार जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक रहेको खाद्यान्न तथा विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा संचालित क्वारेनतटाइनमा आवशयक रहेको खा खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् । काभ्रे रियल स्टेका अध्यक्ष समेत रहेका लामाले काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् । उनले १७ बोरम चामल, एक बोरा नुन, दुइ बाकस तेल, एक बोरा आलु र दुई बोरा मस्यौरा हस्तान्तरण गरेका हुन् ।

काभ्रेको व्यापारिक शहर बनेपामा धेरैले बिहान बेलुका काम गरेर गुजारा टार्नु पर्ने अवस्थामा उनै व्यवसायी सन्देशले पुन सहयोगको गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । बनेपामा समस्या पर्नेहरुले सन्देश लामालाई सम्झन उनले पटक पटक अनुरोध गरेका छन् । आउनुस उहाँको काममा हामी सबै मिलेर सहयोग गरौ ।

Facebook Comments Box