रोशी सहकर्मी–चैत्र १८,
२०७६,काभ्रे/

रामेछाप जिल्लाको खाडँदेवी गाउँपालिका वडा न १ राकाथुममा मंगलबार बिहान भएको सवारी दुर्घटनामा घाईते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी बिक्रमकुमार थापाका अनुसार दुर्घटना पछि उपचारका लागि २१ जना धुलिखेल अस्पताल र छ जना शिर मेमोरियल अस्पताल बनेपामा ल्याइएको थियो । उपचारको क्रममा दोरम्बा गाउँपालिका वडा न ३ का गोपीलाल पहरी र सोही गाउँपालिका वडा न २ की संगीता पहरीको मृत्यु भएको डीएसपी थापाले जानकारी दिनुभयो ।

भक्तपुर जिल्लाबाट रामेछापको दोरम्बा तर्फ जाँदै गरेको बा १४ च ९४९८ नम्बरको जिप खाँडदेवी गाउँपालिकाको राकाथुममा दुर्घटना भएको थियो । सडकबाट अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

२५ जना घाईतेको धुलिखेल र बनेपा शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिनुभयो ।

Facebook Comments Box