काभ्रे,
बालविकास केन्द्रका शिक्षक शिक्षिकाहरुको लागि सात दिने तालिम आजबाट भकुन्डेको भकुन्डेवेशी तालिम केन्द्रमा सुरु भएको छ । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा नाङ्साल एशोसिएसन नेपालद्वारा सञ्चालित प्रारम्भिक साक्षरता र गणित कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका शिक्षक शिक्षिकाहरु को लागि सात दिने तालिमको आज गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा उद्घाटन भएको हो । गाउँपालिका उपाध्यक्ष मिम बाहादुर वाइबाको प्रमुख आथित्यतामा सुरु भएको कार्यक्रममा रोशी गाउँपालिका प्रवक्ता एवं रोशी वडा नम्बर १२ का अध्यक्ष बसन्त तामाङ्ग तथा रोशी वडा नं ११ का अध्यक्ष लाल कुमार पाख्रिन लगायत सहभागि भएका थिए ।
कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष दिनेश लामाले बालविकास केन्द्रका उद्देश्यहरु बुझेर त्यस अनुसार बालविकास केन्द्र मा शिक्षण सिकाइ अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । त्यसैगरी प्रमुख अतिथि उपाध्यक्ष मिम बहादुर वाईबाले गाउँपालिकाले बालविकास केन्द्रलाई प्राथमिकतामा राखेको र यसमा सुझाव सहकार्यको पनि अपेक्षा गरेका कुरा व्यक्त गर्नुभयो । कार्यक्रमका अतिथि गाउँपालिका प्रवक्ता एवं वडा नम्बर १२ का अध्यक्ष बसन्त तामाङलेरोशँ गाउँपालिकाको शिक्षा नमुना बन्नुपर्ने बताउदै बालविकास केन्द्रका शिक्षक शिक्षिकाहरुले अझै मेहनत गरी गाउँपालिकाले लिएको लक्ष्य प्राप्तिमा सहयोग गर्नु हुने अपेक्षा व्यक्त गर्नुभयो ।