रोशी सहकर्मी–चैत्र २९,
२०७६,काभ्रे/

लकडाउनको कारण काठमाडौं बाट घर हिंडेका पैदल यात्रुहरुलाई नेपाल विद्यार्थी संघ काभ्रेले खाना वितरणको कार्यलाई आज पनि जारि राखेको छ ।

रामेछप, दोलखा, सिन्धुलि, ओखलढुंगा, सिन्धुपाल्चोक, सिराहा, सप्तरी लगाएतका तराई बासिहरु अहिले बनेपा हुँदै आफ्नो घर जान हिंडेरनै गैरहेका छन् ।

राजनिति पछि गरौंला अहिले जनताको सेवा गरौं भनेर नेविसंघ काभ्रे जिल्लाका सम्भव भएका साथिहरु मिलेर खाना खुवाउने काम गरिरहेको विद्यार्थी नेता नृपेश बादेले बताए ।

हिजो र आज गरेर ५ सय भन्दा बढिले यो सेवा बाट लाभान्वित भैसकेको विद्यार्थी नेता भूषण अधिकारिले जानकारि दिए ।

निःशुल्क खाना वितरण कार्यक्रम बनेपाको चादनिचोक बाट संचालन गरिएको र बाटोमा हिड्ने वटुवा, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरुका लागि खाना खानका लागि अभाव नहोस भन्नका लागि यो कार्य गरिएको हो विद्यार्थी नेता सुजन जंग खत्रि क्षत्रिले बताए ।

Facebook Comments Box