रोशी सहकर्मी–बैशाख ८,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं १ ले आफ्नो वडामा हिँड्दै आईपुगेका ३२ मजदुरहरुलाई उद्धार गरेको छ ।

उनिहरुलाई गाउँपालिका अध्यक्ष डि.बि. लामाको समन्वयमा नेपालथोक सम्म पुर्याइएको वडा अध्यक्ष श्रीदास लामाले जानकारी दिए ।

लक डाउनका कारण गाडि नपाए पछि हिडेरै घर जान भनि रोशी १ खहरे पांगु आईपुगेका ईलाम वासीलाई श्रीदास लामाले रोकि खाजाको व्यवस्थाका साथ उनिहरुलाई नेपालथोक पुर्याएका हुन् ।

रोशी गाउँपालिकाले सडकमा पैदल हिडेकाहरुलाई गाडिको व्यवस्था गरि उद्धार गरिरहेको छ । यस कार्यमा छिमेकि सुनकोशी गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ ।

Facebook Comments