रोशी सहकर्मी–बैशाख १३,
२०७,काभ्रे/

तेमाल गाउँपालिकामा विदेशबाट आएका ८ जनाको आरडीटी परीक्षण गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले आजको बैठकले तेमालमा विदेशबाट आएका थप ८ जनाको द्रुत परीक्षण बिधि मार्फत परीक्षण गरिने जानकारी दिए ।

गाउँपालिकामा यस अघि विभिन्न मुलुकबाट आएका १८ जनाको र्यापिड डाईग्नोष्टिक टेस्ट गरिसकिएको छ । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । गाउँपालिकाले यसै साता १७ वटा बस मार्फत काठमाण्डौ उपत्यका लगायतका स्थानबाट आफ्नो नागरिकको उद्धार गरेको छ । उद्धार गरिएका सबैलाई सेल्फ क्वारेन्टाईनमा बस्न भनिएको गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर तामाङले बताए । लक डाउनको समयमा समस्यामा परेकाहरुलाई गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गा माया तामाङ, सम्पुर्ण वडाका जनप्रतिनिधिहरु उद्धारकार्यमा खटेका थिए ।

गाउँपालिकाले आफ्नो क्षेत्रका नागरिक थप सम्पर्कमा आए उद्धार कार्य जारी रहने जनाएको छ । जिल्लामा अहिले सम्म ४६३ जनाको आरडीटी परीक्षण भइसकेको छ ।

Facebook Comments Box