रोशी सहकर्मी–बैशाख ३०,
२०७७,धुलिखेल/

लकडाउनको समयमा सरकारले तोके अनुसारको उद्योग सञ्चालन गरे नगरेको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति गठन गरिएको छ । जिल्ला कमाण्ड पोष्टको आज बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) को संयोजकत्वमा अनुगमन समिति गठन भएको हो ।

बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका उद्योगहरुले कोभिड १९ सम्बन्धी न्युनतम स्वास्थ्य सुरक्षा अवलम्वन गरे/नगरेको, उद्योगमा काम गर्ने कामदारहरुको आवास व्यवस्थापनको अनुगमन र नियम अनुसार गरेको नपाइएमा तत्काल सञ्चालन अनुमती रद्ध गर्नका सक्ने अधिकारी दिइएको छ । जिल्लाका क्रसर, खानी, बालुवा उत्खनन लगायत अन्य उद्योगहरु सञ्चालनमा रहेका छन ।

Facebook Comments