काभ्रे,
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक ११ महिनापछि आज बस्न लागेको छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको बैठकको लागि १० वटा एजेण्डा तय गरिएको काँग्रेसले जनाएको छ । यसअघि हिजो बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले समसामयिक, साङ्गठनिक कार्ययोजना, केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने, पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन, नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव, विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणा, केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दल समीक्षा र सरकारको समीक्षा गरेर १० वटा एजेण्डा तय गरेको थियो ।
झण्डै एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिमा चुनावी समीक्षादेखि रास्ट्रव्यापी अभियानलगायत छलफल हुने नेताहरूले बताएका छन् ।