फाईल फोटो

रोशी सहकर्मी–असार २०,
२०७७,धुलिखेल/

बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोक जिल्लामा बैदेशिक रोजगारी गुमाएर फर्कने बढेका छन । तेस्रो मुलुकबाट १३९ जना जिल्ला फर्किएका छन ।

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले तेस्रो मुलक साउदी अरव, कतार, मलेशिया, कुवेत, दुवई लगातयका मुलकबाट १२९ जना फर्किएको जानकारी दिनुभयो । जिल्लाका १३ वटै स्थानीय तहका नागरिक जिल्ला फर्किएका हुन ।

प्रजिअ तिमिल्सिनाका अनुसार शनिवार सम्ममा धुलिखेल नगरपालिका ३०, बनेपा नगरपालिकाका २६ जना, पनौती नगरपालिकाका २५ जना, पाँचखाल नगरपालिकाका १० जना, नमोबुद्ध सात जना, मण्डनदेउपुर नगरपालिकामा आठ जना रहेका छन ।

त्यस्तै तेमाल गाउँपालिका नौ जना, रोशी गाउँपालिका आठ जना, खानीखोला र चौँरीदेउराली गाउँपालिकाका ४/४ जना, बेथानचोक गाउँपालिका तीन, महाभारत गाउँपालिका तीन र भुम्लु गाउँपालिकाका दुई जना फर्किएका छन ।

Facebook Comments Box