रोशी सहकर्मी–साउन १५,
२०७७,काभ्रे/

तेमाल गाउँपालिकाले पालिका भित्रका विद्यालयमा कार्यरत शिक्षकहरुलाई कार्यक्षेत्रमा उपस्थित हुन उर्दी जारी गरेको छ । गाउँपालिकाले आज बिहिबार एक सुचना जारी गर्दै विद्यालयको पठन पाठन शुरु गर्नका निमित्त पालिका अध्यक्ष सलाम सिं तामाङले शिक्षकहरुलाई साउन २० गते भित्र कार्यक्षेत्रमा उपस्थित हुनु भनि निर्देशन दिएका हुन् ।

सुचनामा गाउँपालिकाबाट अन्य जिल्ला वा टाढा रहेका प्रधानाध्यापक र शिक्षकहरु यहि साउन २० गते भित्र कार्यक्षेत्रमा आउन निर्देशन दिईएको छ । २० गते आएका शिक्षकहरु साउन ३२ गते सम्म आफु रहेको बासस्थानलाई क्वारेन्टाईनको रुपमा कोभिड–१९ सम्बन्धि स्वास्थ्य सतर्कता अपनाई १४ दिन बस्न भनिएको छ । १४ दिन होम क्वारेन्टाईनमा बसे पछि वडा कार्यलय सँग समन्वय गरी स्वास्थ्य परिक्षण गर्ने र संक्रमण नदेखिएमा भदौ १ गते देखि विद्यालयमा उपस्थित भई सामाजिक दुरी कायम गरी विद्यार्थी भर्ना, शैक्षिक योजना निर्माण, विद्यार्थी सम्पर्क, शिक्षण सिकाई सहजीकरण गर्ने भनिएको छ ।

साथै विभिन्न विद्यालयमा रहेको क्वारेन्टाईहरुलाई वडा कार्यलयको समन्वयमा अन्यत्र व्यवस्थापन गर्ने पनि सुचनामा उल्लेख छ ।

Facebook Comments