काभ्रे,
योमरी पुन्हीको अवसरमा भोलि धुलिखेलमा ‘योमरी जात्रा २०८०’ मनाईने भएको छ । धुलिखेल नगरपालिका–७ मा रहेको लाक्षी महिला समूहले नारायणस्थान लाक्षी डबलीमा योमरी जात्रा गर्न लागेको हो ।
नेवारी समुदायले मान्दै आएको चाड योमरी पुन्हीका बारेमा जानकारी दिने र सामुहिक रुपमा चाड मनाउने उद्धेश्यले आयोजित कार्यक्रममा धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध नगरका करिब ८ सय देखि १ हजार जनाले अबलोकन गर्ने अनुमान आयोजकको छ । नेवारी कला संस्कृती झल्कने विभिन्न झाँकी, नाँचहरुसहित स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने बताईएको छ ।
नेवारी समुदायको विशेष परिकार योमरीका साथै विभिन्न नेवारी परिकारका साथै स्थानीय उत्पादनका १० स्टल रहने आयोजक संस्थाका अध्यक्ष दिवा व्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।