काभ्रे,
काभ्रे जिल्लाको मुख्य ब्यापारीक केन्द्र बनेपामा आजदेखि ‘बृहत काभ्रेपलाञ्चोक कृषि होत्सव’ हुँदैछ । महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेललले आज दिउँसो उद्घाटन गर्नुहुने तय भएको छ । महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुने छ । बनेपाको तीनदोबाटो देखि विद्यूत प्राधिकरणचोकसम्म स्टल सजाइएको छ । करिब २ सयको हाराहारीमा स्टल बुकिङ भएका छन् । प्रवेश निःशुल्क गरिएको छ ।
महोत्सवमा जिल्लाभित्र उत्पादन भएका रैथाने उत्पादन तथा परिकारहरु, अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी÷मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकारका स्टल रहनेछ । त्यसैगरी होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल र वित्तिय सेवा कर्जा सम्वन्धी स्टल रहनेछ ।