यश कुमार परियार–असोज २१,
२०७७,काभ्रे/

तेमाल गाउँपालिकाले आफ्नो पालिका भित्र रहेको विद्यालयहरुको अनुगमन गर्ने काम सम्पन्न गरेको छ । गत असोज २ गते विद्यालय निर्मलिकरण गरीे तेमाल गाउँपालिकाको शैक्षिक गतिविधी सुरु भएको थियो । तेमाल गाउँपालिकामा १० वटा माध्यमिक, ८ वटा आधारभुत र २३ वटा प्राथमिक गरी ४१ विद्यालयहरु छन् ।

गाउँपालिकाका उपाध्यक्ष दुर्गामायाँ तामाङका अनुसार यी सबै विद्यालयहरुमा अपनाइएको स्वास्थ्य सुरक्षाका मापदण्ड, विद्यार्थी तथा शिक्षकको उपस्थिती, कक्षा सञ्चालन, भौतिक दुरी, भईपरेका समस्याहरुको बारेमा अनुगमन गरिएको बताईन् ।

उनका अनुसार विद्यालय निर्मलिकरण सकिएपछि असोज ६ गतेबाट विद्यालय अनुगमनको कार्य जारी थियो । उक्त यात्रा आज टुंगीएको बताईन् । गाउँपालिकाले यस अघि नै विद्यालयहरुलाई विद्यार्थी संख्याको आधारमा स्वास्थ्य सामग्री वितरण गरीसकेको छ ।

Facebook Comments