मंसिर ४,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ४ महादेवटारका १ सय भन्दा बढि कांग्रेस पार्टि प्रवेश गरेका छन् । आज भएको चियापान तथा पार्टि प्रवेश कार्यक्रमा कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं ट्रेड युनियन विभाग संयोजक शिव प्रसाद हुमागाँइले नव प्रवेशीहरुलाई साधरण सदस्यता वितरण गरेका थिए भने विशिष्ट अतिथि जिल्ला सभापती मधु आचार्यले खादा र पुर्व सांसद एवं संघिय सभापती तिर्थ लामाले टिका लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा १ सय भन्दा बढि कार्यकर्ताहरु नेकपा लगायत विभिन्न पार्टि परित्याग गरी कांग्रेसमा प्रवेश गरेको रोशी गाउँपालिकाका सभापती लाल कुमार पाख्रीनले जानकारी दिए ।

रोशी गाउँपालिका वडा नं ४ का सभापती टंकमान लामाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं ट्रेड युनियन विभाग संयोजक शिव प्रसाद हुमागाँई, विशिष्ट अतिथि जिल्ला सभापती मधु आचार्य, अतिथिहरुमा नेपाली कांग्रेसका पुर्व सांसद एवं संघिय सभापती तिर्थ लामा, जिल्ला सचिव दिनेश लामा, पुर्व जिल्ला सहसभापति तिर्थ पसखल, संघिय क्षेत्र नं १ का सहसभापती रमेश प्रसाद हुमागाई, प्रदेश सभा उम्मेदवार गणेश लामा, क्षेत्र नं १ क का सभापती राम योञ्जन, रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामा, उपाध्यक्ष लक्ष्मी बर्तौला, रोशी गाउँपालिकाका सभापती लाल कुमार पाख्रीन, नमोबुद्ध नगरसभापति कुन्साङ लामा, तरुण दल जिल्ला सभापती दावा लामा, नेवि संघ सभापती प्रेम लामा लगायत जिल्ला सदस्यहरुले मन्तव्य राखेका थिए । नव प्रवेशीहरुले अरु पार्टि भन्दा नेपाली कांग्रेसले देश र जनहितमा काम गरेका कारण पार्टि प्रवेश गरेको बताए ।

Facebook Comments