काभ्रे,
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाएको छ । प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन नउडाउन तथा लेजर लाइट प्रयोग नगर्न आग्रह गरेको हो ।
चङ्गा, बेलुन वा ड्रोन उडाउँदा हवाई सुरक्षामा गम्भिर असर पुग्नसक्ने सूचनामा उल्लेख गरिएको छ । सूचनाको अवज्ञा गरेर प्रतिबन्धित काम गरेको पाइएको प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्राधिकरणले जनाएको छ ।