फागुन २५,
२०७७,काभ्रे/

कोरोना भाईरस विरुद्धको खोप अभियानको तेश्रो दिन आज काभ्रे जिल्लामा २ हजार १ सय ३६ जना वृद्ध वृद्धाहरुले खोप लगाएका छन् । स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार जिल्लाका १३ वटा पालिकामा १ हजार ५४ महिला र १ हजार ८२ पुरुषले खोप लगाएका हुन् । यो सँगै तिन दिनको अबधिमा जिल्लाका ६ हजार १ सय ९७ जनाले खोप लगाएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

यसैबिच काभ्रे जिल्लामा नयाँ कोरोनाका संक्रमित भेटिएको छैन । आज कोरोना संक्रमित एक जना निको भएसँगै काभ्रेमा अब ३ महिला र १२ जना पुरुष गरी १५ जना सक्रिय कोरोनाका संक्रमित रहेका छन् । उनिहरु सबै होम आईसोलेसनमा नै रहेको डा. झाले जानकारी दिएका छन् । जिल्लामा कोरोनाका कारण ४५ जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments Box