फागुन २६,
२०७७,काभ्रे/

जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ५ मा निम्न आयस्तर भएका १५ विद्यार्थीहरुले अब नि:शुल्क माध्यमित तह सम्म पढ्न पाउने भएका छन् । सोहि वडामा रहेको च्याल्टी स्थित आत्माबिकास माध्यमिक बिद्यालयको ६० औं वार्षिक उत्सबको अवसरमा वडा अध्यक्ष खजेन्ची बहादुर लामाले उनिहरुलाई माध्यमिक तह (+२) सम्म पढ्न लाग्ने सम्पुर्ण खर्च व्यहोर्ने घोषणा गरेका हुन् ।

वडा नं ५ का अध्यक्ष रहेका लामाले वडाको पहल तथा सक्रियतामा आगामी शैक्षिक सत्रबाट विद्यालयलाई कम्प्युटर शिक्षक ब्यवस्थापन गरिदिने र आफ्नो निजि लगानीमा १५ जना विद्यार्थीलाई अध्ययन गराउने बताए ।

वडावासीहरुले भने वडा अध्यक्ष लामाको यस कदमले शैक्षिक गुणस्तर वृद्धि गर्नमा थप टेवा पुग्ने बताएका छन् । शैक्षिक क्षेत्र र सामाजिक परोपकारी प्रतिको मोहबाट काभ्रेका स्थानीय तह साथै जनप्रतिनिधिहरुको अगाडि वडा अध्यक्ष लामा प्रतिनिधि पात्रका रुपमा चिनिने उनिहरुको भनाई छ ।

Facebook Comments Box