यश कुमार परियार–चैत्र २,
२०७७,काभ्रे/

दोस्रो चरणको खोप अभियान अन्तर्गत जिल्लामा ५८ प्रतिशत जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् ।

फागुन २३ बाट संचालित दोश्रो चरणको अभियानमा जिल्लाका २५ हजार ४ सय ७५ जना ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य थियो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जिल्लाका सोमबार सम्म १३ स्थानिय तहमा १४ हजार ८ सय १ जना अर्थात ५८.१० प्रतिशत जेष्ठ नागरिकले खोप लगाएका हुन् । जसमा ७ हजार ४ सय ८३ महिला र ७ हजार ३ सय १८ पुरुष छन् ।

पालिका अनुसार बनेपा नगरपालिकामा १९ सय ९६, धुलिखेल नगरपालिकामा १२ सय ३१, पनौती नगरपालिकामा १८ सय ३४, पाँचखाल नगरपालिकामा १४ सय २९, नमोबुद्ध नगरपालिकामा १५ सय ११, मण्डनदेउपुर नगरपालिकामा १३ सय १९ जनाले खोप लगाएका छन् । यस्तै रोशी गाउँपालिकामा ५ सय ३९, तेमाल गाउँपालिकामा १ हजार ६८, भुम्लु गाउँपालिकामा ८ सय ५१, बेथानचोक गाउँपालिकामा ६ सय ८०, महाभारत गाउँपालिकामा ७ सय १०, खानीखोला गाउँपालिकामा ४ सय ३५ र चौँरी देउराली गाउँपालिकामा ११ सय ९८ जनाले खोप लगाएका छन् ।

यसअघि पहिलो चरणमा ६ हजार ७ सय ९९, पहिलो प्राथमिकतामा ३ हजार ४ सय ९४ र दोस्रो प्राथमिकतामा ३३ सय ५ जना गरी १३ हजार ५ सय ९८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको कार्यालयले जनाएको छ ।
दोश्रो चरणको खोप कार्यक्रमको लागि जिल्लामा १३ स्थानिय तहका १ सय १४ खोप केन्द्र मार्फत खोप लगाईएको कार्यलयले जनाएको छ । जसमा २ सय १० जना खोप दिने स्वास्थ्यकर्मी र ६ सय ३० जना स्वयंसेवक परिचालन भएका थिए ।

Facebook Comments Box