राजनप्रसाद दाहाल–बैशाख ११,
२०७८, ललितपुर गिम्दी/

ललितपुर बागमती गाउँपालिकास्थित गिम्दी स्वास्थ्य चौकीले एम्बुलेन्स सहयोग पाएको छ । एम्बुलेन्स गिम्दी प्रबासी युवा समाज मलेसियाको पहलमा प्राप्त भएको हो ।

यस अघि एक कार्यक्रम गरेर बागमति गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनलाई गिम्दि प्रबासी युवा समाजका प्रतिनिधि कमल बहादुर आले मगरले एम्बुलेन्सको साचो हस्तान्तरण गरीसक्नुभएको थियो ।
गाउँपालिकामा हस्तान्तरण भैसकेको उक्त एम्बुलेन्स आगामी बैसाख १३ गते सोमबारको दिन गिम्दी स्वास्थ्यचौकीमा एक कार्यक्रमका बिच उद्याटन गर्ने कार्यक्रम रहेको छ ।

उद्याटन कार्यक्रममा प्रबासमा रहेर आफ्नो परिश्रमबाट केही रकम बचाएर उक्त रकम एम्बुलेन्स खरिद जस्तो सामाजिक सेवामा लगाउने ब्यक्तीको परिवारलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । साथै कार्यक्रममा गिम्दी प्रबासी युवा समाज मलेसियाकै तर्फबाट बागमति गाउँपालिका वडा नं.७ सुवानेका मृगौला पिडित कमल सिंतान र आगलागी बाट मृत्यु भएका सोही वडाका साहुमारास्थित सानुकान्छा सिंगारको परिवारलाइ पनि आर्थिक सहयोग गर्ने कार्यक्रम रहेको प्रबासी युवा समाजका प्रतिनिधि कमल बहादुर आले मगरले जानकारी दिनुभयो । प्रवासबाट आफ्नो गाउँको समृद्धिमा लागेका युवाहरूले गिम्दी प्रबासी युवा समाज मलेसियाले एम्बुलेन्स खरिद गर्नको लागि १० महिनामै रकम जुटाएर एम्बुलेन्स खरदि गर्न सफल भएका हुन । कृष्णबहादुर जर्घा मगरको संयोजकत्वमा शुरु भएको अभियानले उक्त कार्य गर्न सफल भएको हो ।

एम्बुलेन्स खरिदका लागि अमेरिका, दक्षिण कोरिया, रोमानिया, कतार, युएई, साउदी, नेपाल, जापान, मकाउ, इराक, बहराइन लगायतबाट आर्थिक सहयोग गरेको गिम्दी प्रबासी युवा समाजको भनाइ छ ।

Facebook Comments Box