यश कुमार परियार–बैशाख २७,
२०७८,काभ्रे/

नेपाली कांग्रेस काभ्रेको नौबिसेमा रहेको क्षेत्रीय पार्टी कार्यलयलाई आईसोलेसन सेन्टर बनाउन दिईने भएको छ ।

संविधान सभा सदस्य पूर्व सांसद प्रतिनिधि सभा क्षेत्रीय सभापती तिर्थ लामाले कोरोना भाईरसले जिल्लामा पछिल्ला दिन संक्रमित र मृतकको संख्या वृद्धि भएको र उपचार अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्य अनुरुप पार्टी कार्यलयलाई आईसोलेसन बनाउन दिने बताएका हुन् । उनले निर्माणाधिन पार्टि कार्यलयलाई मर्मत गरी स्थानिय सरकारले प्रयोग गर्न चाहेमा तत्काल प्रयोग गर्न दिईने बताएका छन् ।

‘काभ्रे जिल्लामा भएका अस्पतालहरुले मात्रै कोभिडका बिरामी धान्न सक्ने अवस्था छैन, आईसोलेसनहरु बिस्तार हुँदै छन् तर पनि पर्याप्त छैन’–संविधान सभा सदस्य लामाले भने ‘सरकारको संयन्त्र जनताको जीवन रक्षा गर्ने स्वास्थ्य सामग्री खरिदमा कमिशनको खेलमा डुवेको छ, सरकारको लापरवाह, गैरजिम्मेवारीपन र अकर्मण्यता प्रति घोर निन्दा गर्दछु ।’ उनले केन्द्र र प्रदेश सरकारले धुलिखेल र शीर मेमोरियल लगायत अन्य अस्पताल साथै स्थानिय तह तहले कम्तिमा १ सय बेडको हाई–फ्लो अक्सिजन सहितको आईसोलेसन व्यवस्थापन गर्न माग गरेका छन् । ‘जिल्लामा कोभिडका कुनैपनि बिरामीले आईसियू बेड र भेन्टिलेटरको अभावमा मर्न नपर्ने अवस्थाको ग्यारेन्टी गर्न पनि माग गरेका छन् । कांग्रेसले देशभरका आफ्नो पार्टी कार्यलयहरुलाई कोभिड उपचारमा उपयोग गर्न यस अघि नै सरकार सँग माग गरेको थियो ।

रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले संविधान सभा सदस्य लामाको भनाई माथी समर्थन जनाउँदै हालको विषम परिस्थितिमा आईसोलेसन र अस्पतालमा आईसियू लगायतका पूर्वाधार विकास गर्नमा लागि परेको बताए । ‘कोरोना भाईरसको दौश्रो लहर सुरु भएसँगै पूर्व सांसद लामाले गाउँपालिकाले पार्टी कार्यलय भवन कोरोना भाईरसको उपचारमा प्रयोग गर्नु भन्नुभएको थियो’ अध्यक्ष लामाले भने । उनले रोशी गाउँपालिकामा ४ वटा एम्बुलेन्स रहेको र आवश्यक परेमा गाउँपालिकाको २ वटा गाडि साथै आफ्नो निजि गाडि समेत नागरिकको सेवामा खटाउने उनको भनाई छ । ‘गाउँपालिकामा एम्बुलेन्सकै कारण कोहि कसैले समस्या भोग्नु पर्दैन, कसैको मृत्यु पनि हुँदैन’– अध्यक्ष लामाले भने ‘समस्या भनेको अस्पताल र आईसियू वेडको हो, अहिले त्यस खालका पूर्वाधार विकास गर्न गाउँपालिका र जिल्ला समन्वय सँग कुरा भईरहेको छ ।’

हाल रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाले संयुक्त रुपमा नमोबुद्ध–४ जनक माविमा ४० वेडको अक्सिजन सहितको आईसोलेसन सेन्टर संचालनमा ल्याएका छन् । जसमा दुवै पालिकाका स्वास्थ्यर्कीले सेवा दिईरहेका छन् ।

Facebook Comments Box