Saturday, February 14, 2026
Date
शनि, फाल्गुन २, २०८२
Sat, February 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

RadioRoshi by RadioRoshi
बुधबार, कार्तिक १३, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

रोशी गाउँपालिका वडा नम्बर ५ चिसापानी स्थित चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजो (मंगलबार) सिद्धार्थ प्रा.वि को प्राङ्गणमा सव डिभिजन वन कार्यालय कटुञ्जेवेशीका प्रमुख रुपक खत्रीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

You might also like

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल

आज विश्व रेडियो दिवस

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

कार्यक्रमको सुरुवातमा विद्यालयका शिक्षक भगवान हुमागांई, स्थानीय सोनाम सिं लामा, महिला वडा सदस्य अनिता लामा, स्थानीय सिङ ध्वज लामा लगायतले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि सव डिभिजन वन कार्यालय कटुञ्जेका प्रमुख रुपक खत्रीले सामुदायिक वनको अवधारणा बारे प्रस्ट पार्नुभयो । अहिलेको अवस्थासम्म यस सामुदायिक वनबाट आम्दानी लिन नसक्नुको मुख्य कारण उपभोक्ता र समिति सक्रिय हुन नसक्नु रहेको उहाँले बताउनुभयो ।

उपभोक्ता सक्रिय हुँदा समिति पनि स्वत सक्रिय हुने बताउनुहुदै यसबाट राम्रो आयआर्जन गर्न सकिने बताउनुभयो । यहाँ प्रशस्त मात्रामा रहेका जडिबुटिहरु, काठ दाउराहरु निकासी बाट आयआर्जन गरेर कोष खडा गर्न सकिने धारणा राख्नुभयो ।

समितिले गर्ने हरेक निर्णयहरुमा उपभोक्ताहरु सहभागि भई वनको सरक्षणमा एकजुट हुन आग्रह गर्नुहुदै यसका लागि सव डिभिजन वन कार्यालय कटुञ्जवेशी जुनसुकै प्रकारको सहयोग र सहजिकरण गर्न तत्पर रहने बताउनुभयो ।

त्यसैगरी चौतारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ष बहादुर लामाले बिगतको प्राकृतिक प्रकोपले आफुहरुले सक्रिय रुपमा कार्यहरु गर्न बाधा पुर्याएको बताउनुभयो । समिति कार्य गर्ने क्रममै रहेको बताउनुहुदै आगामि दिनहरुमा अझै सक्रियता बढाएर आयआर्जन गर्नेतर्फ उन्मुख रहने प्रतिबद्धता जनाउनुभयो । यसका लागि उपभोक्ताहरुको पनि सक्रियता अपरिहार्य रहेको उहाँको भनाई छ ।

यस सामुदायिक वनमा सम्भावना र आम्दानीको श्रोत प्रशस्त मात्रामा रहेको बताउनुहुदै यसलाई पहिचान गर्न र यसतर्फ लाग्ने कार्य भैरहेको उहाँले बताउनुभयो । आयआर्जनको लागि वन क्षेत्रमा होमस्टे निर्माणको कार्य भईरहेको उहाँले बताउनुभयो । साथै आगामि कार्यसमितिको लागि वनलाई सक्रिय रुपमा अघि बढाउन कोहि ईच्छुक रहेमा कार्यसमितिमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो।

२०५६ सालमा स्थापना भएको यस सामुदायिक वनको कुल क्षेत्रफल ९५ हेक्टर रहेको छ । २०५६ सालमा स्थापना भएतापनी २०७९ साल देखीमात्रै सक्रिय बनेको छ । समितिको यसअघिको कार्यसमितिले सक्रिय रुपमा कार्य गर्न नसक्दा यस सामुदायिक वन निस्कृय जस्तै अवस्थामा पुगेको बर्तमान अध्यक्ष विर्ष बहादुर लामाले बताउनुभयो ।

साधारण सभामा अध्यक्ष विर्ष बहादुर लामाले समितिको २०८१।८२ को बार्षिक प्रगति प्रतिवेन, आ.ब. २०८२।८३ को योजनाहरु र समितिका कोषध्यक्ष बिमला हुमागांईले प्रस्तुत गर्नुभएको आ.ब. २०८१।८२ को बार्षिक लेखा परिक्षण प्रतिवेन सभाले सर्वम्मत रुपमा पारित गरेको छ ।

चौतारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्र्ष बहादुर लामाको अध्यक्षतामा सम्पन्न तेश्रो वार्षिक साधारण सभामा समितिका सदस्यहरु, पुर्व कोषध्यक्ष सोरथ सिं जिम्बा, महिला वडा सदस्य अनिता लामा, चौतारा सामुदायिक वन उपभोक्ता समिति पुर्व अध्यक्ष गुन्जमान लामा, बिभिन्न राजनैतिक दलका नेताहरु एवम स्थानीयहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

Previous Post

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

Next Post

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल
Roshi Khabar E-Paper

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल

by RadioRoshi
शुक्रबार, फाल्गुन १, २०८२
आज विश्व रेडियो दिवस
Roshi Khabar E-Paper

आज विश्व रेडियो दिवस

by RadioRoshi
शुक्रबार, फाल्गुन १, २०८२
दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

by RadioRoshi
आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

by RadioRoshi
शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
Next Post
रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा न्यायीक समिति, वडा अध्यक्ष तथा मेलमिलापकर्ताहरु बिच अन्तरकृया

रोशीमा न्यायीक समिति, वडा अध्यक्ष तथा मेलमिलापकर्ताहरु बिच अन्तरकृया

बुधबार, पुस ६, २०७९
प्रि–मनसुनको अवधिमा सावधानी अपनाउन विज्ञहरुकोे सुझाव

प्रि–मनसुनको अवधिमा सावधानी अपनाउन विज्ञहरुकोे सुझाव

शनिबार, फाल्गुन २०, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल
Roshi Khabar E-Paper

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल

शुक्रबार, फाल्गुन १, २०८२
आज विश्व रेडियो दिवस
Roshi Khabar E-Paper

आज विश्व रेडियो दिवस

शुक्रबार, फाल्गुन १, २०८२
दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

शुक्रबार, माघ २४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.