असार २७,
२०७८,काभ्रे/

सवारी दुर्घटना गरी फरार भएका चालकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।

गत जेष्ठ महिनाको २४ गते साँगाबाट धुलिखेलतर्फ आउँदै गरेको तत्काल एकिन सवारी नम्बर नखुलेको सवारी साधनले बनेपाको पुरानो तरकारी बजारमा तरकारी व्यावसाय गर्दै आएका पाँचखाल नगरपालिका वडा नं.१ का ७१ वर्षीय नन्दकेशर तिमल्सिना र झापा जिल्लाको लखनपुर दमक गा.पा.वडा नं. ८ घरभई हाल बनेपा नगरपालिका वडा नं.५ बस्ने ३० वर्षीया सबिना बाँनिया राईलाई ठक्कर दिएको थियो ।

दुबैजनालाई सख्त घाईते बनाई चालक र सवारी फरार भएका थिए । कार्यालयका सूचना अधिकारी हरि खतिवडाका अनुसार घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालमा लगिए भएपनि घाईते मध्ये नन्दकेशर तिमल्सिनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेले रामेछाप प्रहरीको सहयोगमा दुर्घटना गराउने माजडा ४८४ कम्पनीको ना ४ च ४०६९ नं को सवारी चालक रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं १ का ३९ वर्षीय दोर्जे शेर्पा रहेका छन् ।

शेर्पालाई कानुनबमोजिम पक्राउ गरी ज्यान सम्बन्धी कसुर (सवारी ज्यान) मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Facebook Comments Box