काभ्रे,
हरेक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। आज पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती हो । वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका पहिलो सन्तानको पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह गोरखा राज्यको राजा हुनुभएको थियो । त्यसअघि नेपाल बाईसे तथा चौबिसे राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायणको निधनपछि उहाँकाछोरा बहादुर शाहले पश्चिमको काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गरेका गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ मा काठमाडौँ उपत्यका विजय हासिल गरेका गर्नुभएको थियो । उहाँको निधन वि.सं. १८३१ मा भएको थियो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।