Sunday, May 11, 2025
Date
आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

‘गुणस्तरीय शिक्षाका लागि अभिभावक भौँतारिरहेका छन’

RadioRoshi by RadioRoshi
शनिबार, भदौ १६, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
‘गुणस्तरीय शिक्षाका लागि अभिभावक भौँतारिरहेका छन’
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

अहिले सबैभन्दा बढी आम नागरिकको चासोको विषय हो– गुणस्तरीय शिक्षा । छोराछोरीले गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्दै अभिभावकहरू भौँतारिरहेका छन् । सरकारले समेत गुणस्तरीय शिक्षाको कुरा जोडतोडले उठाउँदै आएको छ । त्यसका लागि लगानी पनि गर्दै आएको छ । तर नतिजा भने कमजोर छ । सबैभन्दा पहिला त कस्तो शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने प्रश्न छ । त्यसपछि के के भयो भने गुणस्तरीय शिक्षा हुन्छ भन्ने अर्को प्रश्न आउँछ । यसका लागि एउटा ‘रोडम्याप’ समेत बन्न सकेको छैन । सरोकारवाला निकायले पनि एउटा निश्चित मापदण्ड बनाएर अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।
अभिभावकहरूले कस्तो शिक्षालाई गुणस्तरीय शिक्षा मान्छन् ? गुणस्तरीय शिक्षाको नाममा अभिभावकहरू छोराछोरीलाई सामुदायिक विद्यालयबाट निजीमा, निजीबाट विदेश पठाउनुपर्ने बाध्यता किन आयो ? लगायतका विषयमा रातोपाटीकर्मी कृष्णसिंह धामीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष गुणराज मोक्तानसँग कुराकानी गरेका छन् । प्रस्तुत छ मोक्तानसँग गरिएको कुराकानीको सम्पादित अंशः

You might also like

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

–गुणस्तरीय शिक्षा अहिले जोडदार रूपमा उठिरहेको विषय हो । सबैभन्दा पहिला गुणस्तरीय शिक्षा कस्तोलाई भन्ने, अभिभावकले गुणस्तरीय शिक्षा भनेर केलाई बुझेका छन् ?
अभिभावकलाई आफ्ना छोराछोरीले पढिसकेपछि रोजगारी पाउँछन् कि पाउँदैनन् भन्ने चिन्ताको विषय छ । त्यस्तैले आम अभिभावकको बुझाइ शिक्षामा लगानी गरिसकेपछि उसले गर्ने आजर्नको कुरासँग जोडेको देखिन्छ । जस्तै प्लसटु गरिसकेपछि धेरै विद्यार्थी विदेश किन जान्छन् भन्दा त्यहाँ गएपछि पढ्दै कमाउँदै गर्छन् भन्ने एउटा ग्यारेन्टी छ । नेपालमा स्नातक र स्नातकोत्तर गरेपछि जागिर पाइन्छ भन्ने निश्चित छैन ।
छोराछोरीले पढ्दै गर्दा बुवाआमाले राजनीति गरिदिनुपर्ने अवस्था छ । बुवाआमाले पावर लगाइदिनुपर्ने, दुनियाँ ठाउँ धाउनुपर्ने अवस्था छ । त्यो अवस्था देख्दा आम अभिभावकलाई गुणस्तरीय जीवन त आफ्नो ठाउँमा छँदैछ, त्यो सँगसँगै छोराछोरीले गर्ने रोजगारी, उनीहरूले आजर्न गर्ने कुरासँग जोडेर हेरेको देखिन्छ ।
विद्यालय तहको गुणस्तरले आधुनिक समाजसँग घुलमिल गर्न सकोस् भन्ने छ । विश्वव्यापीकरण भइरहेको अङ्ग्रेजी भाषालाई जोडेर अभिभावकले शिक्षालाई गुणस्तरसँग हेर्ने गरेका छन् । अङ्ग्रेजी भाषाका माध्यमबाट पठनपाठनलाई गुणस्तरको बेसबाट हेर्ने गरिन्छ । तर नेपालमा शिक्षाको गुणस्तरलाई पुनर्परिभाषित गर्नु जरुरी छ । शिक्षाका निम्ति लगानी गरिसकेपछि त्यसको जीवनको ग्यारेन्टी होस् । रोजगारीको ग्यारेन्टी होस्, उसको सहज जीवनको ग्यारेन्टी होस् । सरकारले दुवै कुरामा ध्यान दिनु पर्छ ।

–अहिले प्लस टु सकिनेवित्तिकै बाहिर जाने विद्यार्थीको सङ्ख्या धेरै छ । विद्यार्थीहरू बाहिर जान सक्नु पनि एक खालको गुणस्तर नै हो । यसलाई गुणस्तरसँग जोड्न मिल्छ कि मिल्दैन् ?
बाहिर गएर पढेर राम्रो शिक्षा आर्जन गर्नेभन्दा पनि के पढ्छ बुवाआामालाई थाहा हुँदैन । त्यहाँ गइसकेपछि कमाउँछ भन्ने राम्रोसँग थाहा छ । त्यत्तिकै लागि घरबारी बेचेर भए पनि बाहिर पठाइरहेका छन् । केटाकेटी पठनपाठनको नाममा बर्सेनि अर्बौं रुपियाँ विदेशिएको अवस्था छ ।
अहिलेको अवस्थामा विद्यालय शिक्षा राम्रो हुन उच्च शिक्षाको नीति, कानुन बनाउनुपर्ने देखिन्छ । जस्तै सामुदायिक विद्यालयमा जति राम्रो शिक्षक पाइयो त्यति राम्रो पढाइ हुने हो । लामो समयसम्म स्थायी शिक्षकको नियुक्ति प्रक्रिया बन्द भएर अस्थायी र करारका शिक्षकले काम चलाइयो । त्यस्ता शिक्षक नियुक्ति गर्दा पनि निश्चित मापदण्ड पूरा नगरी भनसुनको भरमा चिनेजानेकालाई प्राथमिकता दिइयो । यसले गर्दा विद्यालयमा दक्ष शिक्षक आउन सकेनन् ।
प्राविका लागि १७ हजार शिक्षक विज्ञापन गरिएकामा १३ हजार मात्र क्वालिफाइड शिक्षक उत्तीर्ण भए । सरकारले खोजे जस्तो शिक्षक नै पाइएन । त्यो भनेको उच्च शिक्षाले राम्रो उत्पादन गर्न नसकेको अवस्था हो । अर्को कुरा ट्यालेन्ट विद्यार्थीले शिक्षण पेसा रोजेनन् । त्यस कारण उच्च शिक्षा र विद्यालय तहको शिक्षामा तालमेल मिलाउन सकियो भने गुणस्तरमा फड्को मार्न सकिन्छ ।
पछिल्लो समय नियुक्त भएका शिक्षकहरूबाट हामीले केही आशा गर्न सकिने अवस्था छ । त्यस्तै अस्थायी शिक्षकको समस्या समाधान गरेर दक्ष शिक्षकहरू शिक्षक सेवा आयोगले वार्षिक रूपमा राख्न सक्यो भने गुणस्तरमा सुधार हुने आशा गर्न सकिन्छ ।

–अभिभावकको चासो र चिन्ता छोराछोरी विदेश गए भन्नेतर्फ हो कि नेपालबाट बढी पैसा गयो भन्नेतर्फ हो ?
छोराछोरी बाहिर जानु, छोराछोरीसँगै पैसा जानु त्यसलाई बाध्यतासँग स्वीकार गरेका छन् । किनभने अभिभावकले कतै पैसा लगानी गरेर पढाएका छने भने कतै पैसा परेको छैन । आफ्नो जिन्दगी नै लगानी गरेको अवस्था छ । त्यत्रो लगानी गर्दा पनि कतै जागिर पाउँछ त ? स्नातक गर्नेवित्तिकै कहाँ पाउँछ सहज ढङ्गले ? अहिले सेवा आयोगहरूले लिनेबाहेक कुनै ठाउँमा मेरो क्षमताले जागिर खान पाइन्छ भन्ने अवस्था छैन । भनसुनका भरमा काम गर्छ भन्ने बुझाइ मात्र छ ।
आमरूपमा सहज तरिकाले जागिर पाउन सकिने अवस्था छैन । यसले गर्दा पनि विदेश जान बाध्य गरिएको छ ।

–विद्यालय व्यवस्थापन समितिको भूमिका व्यवस्थापनमा मात्र हुन्छ कि गुणस्तरसँग पनि जोडिन्छ ?
विद्यालय व्यवस्थापन समिति भनेको मुख्यतः अभिभावकको प्रतिनिधि हो । अभिभावकका प्रतिनिधिले उनीहरुको चाहनाअनुसार कसरी सुलभ बनाउने भन्ने नै हो । कस्तो बनाउने भन्ने कुरामा सबैको ज्ञान नहुन सक्ला । प्राइभेट स्कुलले विद्यार्थी आकर्षित गर्दै आएका छन् । त्यहीँको जस्तो गतिविधि गरेर सामुदायिक विद्यालयमा पनि विद्यार्थी आकर्षित गराउन न त भनेर केही अभिभावक लागेका पनि छन् । त्यसको अर्थ अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराऔँ भनेर लागेका छन् ।
त्यस्तै समितिले स्रोत साधनको व्यवस्थापन पनि गर्ने हो । व्यवस्थापन समिति भनेको सबैको हो । त्यो शिक्षकको पनि हो, विद्यालयको पनि हो, अभिभावकको पनि हो । त्यो हिसाबले समितिको सदस्य सचिव प्रअले गुणस्तरका लागि अलिकति बढी फोकस हुनु पर्छ । समितिका अन्य सदस्यले थप सहयोग गर्नु पर्छ ।
अहिले सामुदायिक विद्यालयप्रति सबैको चासो र चिन्ता बढेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेकोप्रति सबैको चिन्तित छन् । कसरी बढाउने भन्नेबारे त्यत्ति धेरै लगानी गर्न र लगानी गर्ने वातावरण पनि बनेको छैन ।
धेरै विद्यार्थी भएका नमुना विद्यालयहरूमा सरकारले सीमित स्रोत मात्रै दिएको हुन्छ । त्यहाँ धेरै जनशक्ति राखेर पठनपाठन गर्नुपर्ने अवस्था छ । त्यस्तो अवस्थामा अभिभावकसँगै साझेदारी गर्ने हो । अभिभावकसँग चन्दा सङ्कलन गरेर विद्यालय सञ्चालन गर्दा विद्यालयलाई तर्साउने, धम्क्याउने जस्ता गतिविधि भइरहेका छन् । कतै अख्तियारमा उजुरी हाल्ने, कतै अदालत जाने गरेका छन् । निःशुल्क शिक्षा भनेर शुल्क उठाउने भनेर आरोप लागिरहेको छ ।
गुणस्तरको निम्ति फोकस भएर काम गर्दा पनि तर्साउने काम भइरहेको छ । यसका लागि नीतिगत रूपमा सच्याउन जरुरी छ । सरकारले सबै बच्चालाई निःशुल्क रूपमा गुणस्तरीय शिक्षा दिन्छु भनेर लगानी गर्नु प¥यो । सकिँदैन भनेर हात उठाउनुप¥यो । अभिभावकहरू साझेदारी गर्न तयार छन् । त्यो चाहिँ दिनै नसक्ने अभिभावक छन् । उनीहरूका निम्ति निःशुल्क गरिदिऊँ, जो दिन सक्छन् उनीहरूबाट थोरै लिऊँ, पैसा तिर्न सक्छन् भने किन प्राइभेटमा तिर्ने ? स्रोत सामुदायिक विद्यालयमै साझेदारी गरेर सामुदायिक विद्यालयमै सुधारौँ भन्ने देशभरका सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रयत्न हो । यो प्रयत्नका निम्ति उपयुक्त वातावरण बनेको छैन ।

–त्यो उपयुक्त नीति भनेको के हो ? कस्तो उपयुक्त वातावरण बनेको छैन भन्नुभएको हो ?
संविधानले निःशुल्क शिक्षा बालबालिकाको मौलिक हक भन्यो । सरकारले ऐन ल्यायो, पैसा दिएन । ऐनले नियन्त्रण ग¥यो । तर पैसाले सहयोग गरेन । निजीले जति पैसा उठाए पनि भयो । सामुदायिक विद्यालयले हामी अभिभावक मिलेर पैसा उठाएर विद्यालय चलाउनभन्दा पनि चलाउन नदिने वातावरण बन्यो ।
त्यसैले निःशुल्क शिक्षा बालबालिकाको मौलिक हक हो भन्ने कुरामा सामुदायिक विद्यालयमा पढ्नेमा मात्र मौलिक हक हो कि निजीमा पढ्ने बालबालिकाको पनि हक हो भन्ने क्लियर गर्नुपर्छ । प्राइभेटमा लाखौँ खर्च गरिरहेका छन्, उठाइरहेका छन् । त्यहाँ चाहिँ निःशुल्क शिक्षाको कुरा नगर्ने ? सामुदायिकमा भने अभिभावकसँग सहयोग उठाएर विद्यालय सञ्चालन गर्न खोज्दा चलाउनै नदिने, अप्ठ्यारो गर्ने, पैसा जोहो गरेर पढाउन खोज्दा पनि पढाउन नदिने । त्यसैले सामुदायिक विद्यालयलाई नियोजन गर्न पो लागिएको हो कि भन्ने बुझ्न बाध्य भएका छौँ ।
विद्यालय सुधार गरौँ भन्दा पनि हस्तक्षेप गर्ने गतिविधि बढेका देखिन्छन् । अङ्ग्रेजी माध्यमको पठनपाठनलाई अभिभावकले गुणस्तरका रूपमा बुझेका छन् । यसलाई नकार्न सकिँदैन । अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदा सरकारी माध्यमबाट उपलब्ध नहुने, निजी प्रकाशनको महँगो हुने अवस्था छ । जहाँ कमजोर हुँदै गएको छ, त्यहाँ सुधार गरौँभन्दा मर्ज गर्दै जाने नीति राज्यले ल्याएको छ । त्यसलाई मर्जरभन्दा पनि सुधार गरेर पो जाने हो त ।
व्यवस्थापन समितिमा अभिभावकहरूको चासो र चिन्ता छ । तर अभिभावकलाई बाहिर पारेर विद्यालय व्यवस्थापन समिति गठन गर्न लगाउने काम पनि भइरहेको छ ।
आफ्नो कार्यकर्तालाई व्यवस्थापन समितिको अध्यक्ष बनाउने गरिएको छ । यस्ता गतिविधि हेर्दा कतै सरकार नै सार्वजनिक शिक्षा ध्वस्त पार्ने षड्यन्त्रमा लागिरहेको त छैन भन्ने देखाइरहेको छ ।

–हालसम्मको विद्यालय व्यवस्थापन समितिले काम गर्न नसकेर स्थानीय कानुन अनुसार व्यवस्थापन समिति गठन गर्ने कुरा पो आएको हो कि ?

विद्यालय शासन प्रणाली कस्तो हुने भन्नेमा बौद्धिक बहस भएको छैन । विद्यालय सञ्चालन गरिराखेका अभिभावकको योगदानलाई बुझ्दै नबुझेको अवस्था छ । कतै चुनाव गर्नुपर्ने अवस्था आएको, व्यवस्थापन समितिको निर्वाचनमा गोलीसम्म चलेको अवस्थामा २८ हजार सामुदायिक विद्यालयमा नै गोली चलेको भनेर भ्रम फिँजाइएको छ । यी विविध कारणले गर्दा समिति गठन प्रक्रियालाई अतिरञ्जित बनाउन खोजियो । कति विद्यायमा चुनाव हुन्छ, कति ठाउँमा सर्वसम्मत हुन्छ भन्ने रेकर्ड छैन ।
यो अवस्थामा २८ हजार विद्यालय चलेका छन् । तीमध्ये कति विद्यालयमा सरकारले योगदान गरेको छ त ? अहिले २० हजारभन्दा बढी विद्यालयमा सरकारले दिएको दरबन्दीभन्दा निजी स्रोतमा शिक्षक व्यवस्थापन गरेर चलिराखेका छन् ।
धेरै विद्यालयमा अभिभावकहरूले श्रमदान गरेर विद्यालय बनाउनुपर्ने अवस्था छ । अभिभावकहरूल विभिन्न माध्यमबाट स्रोत जुटाएर विद्यालय चलाइराखेको अवस्था छ । यसरी अभिभावकले विद्यालयमा गरेको लगानीलाई न सरकारले अभिलेख राखेको छ न त कदर नै गरेको छ ।
अहिले नेपालको शिक्षामा ९ प्रतिशत विदेशी लगानी छ । तर अभिभावकले गरेको अर्बौंको लगानीलाई भने बेवास्था गरिएको छ । विद्यालय कसरी चलिराखेको छ भन्नेतिर ध्यान दिन सकेको छैन । खालि व्यवस्थापन समिति गठनमा समस्या भयो भन्नेतिर मात्रै चासो राखिएको छ ।

–अबको पाँच वर्षभित्रमा नेपालको सामुदायिक विद्यालय कस्तो हुन्छ भन्ने व्यवस्थापन समितिको अपेक्षा रहेको हुन्छ ?
अहिले शिक्षामा लगानी गरिसकेपछि त्यहाँबाट नाफा आउनुपर्छ भन्नेतिर सबै अभिभावकको ध्यान छ । अहिले गुणस्तरीय शिक्षा नभई नहुने अवस्था छ । उपभोक्ताको तहबाट चासो बढ्नु, सरकारले व्यवस्थापनको तहबाट शिक्षक व्यवस्थापनमा दक्ष शिक्षक व्यवस्थापन गर्न सकियो भने पाँच वर्षभित्रमा शिक्षा क्षेत्रमा सुधार हुन्छ । शिक्षामा सुधार भएर मात्र नभई सुलभ पनि बनाउनुपर्ने रहेछ । शिक्षालाई सुलभ बनाउन नसक्दा कहिलेकाहीँ झन अप्ठ्यारो हुँदो रहेछ । त्यसैले गुणस्तरीय सार्वजनिक शिक्षा बनाउनतिर हामी सबै लाग्नु जरुरी छ ।–रातोपाटी

Previous Post

बागमती प्रदेशले प्रदेशका सबै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने

Next Post

तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश
Roshi Khabar E-Paper

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

by RadioRoshi
आइतवार, बैशाख २८, २०८२
Roshi Khabar E-Paper

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

by RadioRoshi
आइतवार, बैशाख २८, २०८२
नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

by RadioRoshi
शनिबार, बैशाख २०, २०८२
Next Post
तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

उत्कृष्ट १ सय मावि मध्ये काभ्रेको बिभिन्न ९ विद्यालय छनौट

उत्कृष्ट १ सय मावि मध्ये काभ्रेको बिभिन्न ९ विद्यालय छनौट

बुधबार, भदौ २९, २०७९
काभ्रेको सिडिओमा रुद्रादेवी शर्मा आउँदै, पुण्य विक्रम पौडेल धनकुटा सरुवा

काभ्रेको सिडिओमा रुद्रादेवी शर्मा आउँदै, पुण्य विक्रम पौडेल धनकुटा सरुवा

बुधबार, भदौ १३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश
Roshi Khabar E-Paper

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

आइतवार, बैशाख २८, २०८२
Roshi Khabar E-Paper

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

आइतवार, बैशाख २८, २०८२
नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

बिहिबार, बैशाख १८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.