काभ्रे,
धुलिखेल नगरपालिका र जापानको Rhinokino Co=LTD टिमबीच कृषिमा जापानीज प्रविधि भित्राउन र जापानीज सीप अबलम्वन गर्न छलफल भएको छ । धुलिखेल नगरपालिकाकोे कृषिलाई आधुनिकिकरण गर्न अबको एक महिना भित्र जापानीज साझेदारी सम्बन्धी सम्झौता गरिने नगरप्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले जानकारी दिनुभएको छ । अहिले भएको छलफल अनुसार किसानलाई ६ महिना जापानीज भाषा समेत सिकाईनेछ । जापानका विभिन्न १० ओटा कृषि उद्योग र होम केयर कम्पनीहरुमा धुलिखेलका किसानलाई रोजगार दिने गरी सम्झौता गरिने बताइएको छ । भाषा,सीप र प्रविधिको तालिम किसानलाई दिएर त्यसपछि किसानको सीप परिक्षण गरि पास हुने किसानहरुलाई जापानका विभिन्न कृषि उद्योग र होम केयर कम्पनीहरुमा काम गर्न जान पाउने पनि वताइएको छ । जापानीज कम्पनीले धुलिखेल नगरपालिकाका किसानलाई कृषि सम्बन्धी तालिम दिने र जापानीज प्रविधि सिकाउने काम गर्नेछ ।
नगर प्रमुख ब्याञ्जुले जापानमा निश्चित समय बसेर फर्केपछि नेपालमा कृषि पेशा गर्न चाहने किसानलाई प्रविधिहरु सहयोग गरिने बताउनुभएको छ । उँहाले यसप्रकारुको सम्झौताले धुलिखेल नगरपालिकाको कृषि प्रणालिमा थप आधुनिकिकरण हुने विश्वास ब्यक्त गर्नुभएको छ ।