काभ्रे,
रेडियो रोशी आजबाट स्थापना भएको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रवेस गरेको छ । “समुद्धिको लागि संचार” भन्ने मुल नारा बोकेर लम्किरहेको यस रेडियो रोशीले काभ्रे जिल्ला तथा देस बिदेसमा घटेका ताजा घटनाहरु बिगत ५ बर्षदेखि छिटो छरितो रुपमा प्रसारण गर्दे आईरहेको छ । दुर्गम क्षेत्रमा सुचनाको पहुँचबाट अलग रहेका आम नागरिकहरुलाई ताजा ,सहि र निष्पक्ष समचार प्रवाह गर्ने उदेश्य बोकेर वि.स २०७५ बैशाख १ गतेबाट रेडियो सञ्चालन गरिएको थियो । रोशी गाउँपालिकाको सहयोग तथा गैर सरकारी संस्था नाङ्साल एशोसिएसन नेपाल द्धाारा संचालित रेडियो रोशी हालसम्म काभ्रे लगायत अन्य १७ वटा जिल्लाहरुमा प्रशारण हुदैँ आएको छ । छोटो समयमा पनि नागरिकहरु एवम् श्रोतामित्रहरुको मनमा छुट्टै स्थान बनाउन सफल भएको यस रेडियोले श्रोताहरुमाझ सुचनामुलक साथै मनोरन्जनका विभिन्न कार्यक्रमहरु प्रशासण गर्ने गरेको छ ।
प्राकृतिक बिपत्तिको समयमा सुचना तथा सञ्चारको माध्यमबाट यस रेडियोले नागरिकहरुमा जनचेतना जगाउन महत्वपुर्ण भुमिका निभाएको छ । यस सामुदायिक रेडियोले समस्यामा परेका नागरिकहरुको समस्याको समाधानमा निरन्तर प्रयास, कुनै पनि घटनाको द्रुत गतिमा नागरिकहरुलाई जानकारी गराउदै आईरहेको छ ।