काभ्रे,
नापतौलमा ठगि गर्ने करिब साढे ११ हजार व्यापारीहरु कारवाहीमा परेका छन् । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित रूपमा नाप्ने÷तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा आर्थिक वर्ष २०७९÷८० मा साढे ११ हजार व्यापारीलाई कारबाही गरेको हो । कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो ।
पछिल्लो समय नापतौल यन्त्रमार्फत् उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको कार्यालय प्रमुख राकेशकुमार झाले जानकारी दिनुभयो । कार्यालयले आव २०७९÷८० मा ३ हजार ४४० व्यापारीलाई नापतौल तथा नाप्ने÷तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा २ करोड ९ लाख राजस्व सङ्कलन गरेको छ ।