काभ्रे,
तेमाल गाउँपालिका वडा नं.३ सरमथलीका बिभिन्न पार्टीमा आवद्ध ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । हिजो नेपाली काङ्ग्रेस जिल्ला कार्यालय बनेपामा आयोजित कार्यक्रममा सरमथलीका नेकपा एमाले ,एकिकृत समाजबादि ,माओवादी केन्द्र ,जसपा लगायत अन्य थुप्रै पार्टीका नेता कार्यकर्ताहरु पार्टी परित्याग गर्दै ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन् ।
कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला सदस्य मेघबहादुर तामाङ, रामबहादुर तामाङ, नेकपा एमालेको तेमाल–काठमाडौ सम्पर्क मञ्चका उपाध्यक्ष परमानन्द बम्जन, एकीकृत समाजवादी तेमाल–३ का सचिव सोमप्रसाद माझी, नेकपा एमालेका संगठित सदस्य आइतमान तामाङ लगायत ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रबेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई काङ्ग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई,काभ्रेका सभापति समेत रहेका बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामा, जिल्ला उपसभापति रमेश हुमागाई, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, प्रदेश सभा १ (क) का सभापति राम योन्जन, तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा, नेपाली काङ्ग्रेस तेमालका सभापती ज्ञान बहादुर लामा, तेमाल ३ का वडा अध्यक्ष समेत रहेका काङ्रेस वडा सभापति बिष्णुबहादुर तामाङ लगायतले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । उनीहरु सम्पूर्णलाई नेपाली काङ्ग्रेसको बिभिन्न तहका जिम्मेवारि दिइने बताईएको छ ।
पार्टीमा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति तिर्थ लामाले पार्टीमा उचित जिम्मेवारी दिएर काङ्ग्रेसमा संगठित गर्दै लैजाने बताउनुभयो । त्यसैगरी केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइले प्रजातान्त्रिक बिचार नै उत्तम बिचार भएको भन्दै काङ्ग्रेसले मात्रै देश बिकास गर्न सक्ने बताउनुभयो ।