Thursday, October 30, 2025
Date
शुक्र, कार्तिक १५, २०८२
Fri, October 31, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाका हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण

RadioRoshi by RadioRoshi
शनिबार, फाल्गुन १९, २०८०
in काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
वाल्टिङ्गका हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १० वाल्टिङ्गमा अवस्थित हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण गरिएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हायु समुदायको सांस्कृतिक सामग्री हायु समुदायलाई हस्तान्तरण गर्नुभएको हो ।
हिजो शुक्रबार हायु समुदायले विभिन्न कार्यमा प्रयोग गर्ने सांस्कृतिक सामग्री ढोल दुई थान, झ्याम्टा २ जोर, खोडा २ जोर, धनुस र तीर २ जोर, घण्टा एक जोर, पुजारी पोषाक एक सेट र महिला र पुरुष हायु पोषाक गहनासहित १० सेट हस्तान्तरण गरिएको हो । दुई लाख बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।
भूमेस्थान हायु समाजको आयोजनामा तथा रोशी गाउँपालिकाको सहयोगमा सामग्री हस्तान्तरण गर्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जिल्लाको एक मात्र स्थान वाल्टीङमा भएको हायु समुदायको संरक्षणको लागि गाउँपालिकाले सहयोग गरिरहेको र गरिरहने बताउनुभयो ।
हायु समुदायको संस्कृति राज्यको सम्पती भएकाले सम्पतीको संरक्षण र संवर्धन राज्यले गर्नुपर्ने भएकाले स्थानीय सरकारले त्यो दायित्व पूरा गरीरहेको लामाले बताउनुभयो । ‘हाम्रो समाज विविधतायुक्त छ । चाहे जातीय रुपमा होस, चाहे भाषिक रुपमा होस र चाहे सांस्कृतिक रुपमा विविधतापूणर् छ तैपनि हामी एकताबद्ध भएर बसेका छौँ ।’ लामाले भन्नुभयो, ‘यो विविधतायुक्त नेपाली समाजको भाषा, धर्म, संस्कार, संस्कृति हामी सबैको सम्पती हो । राज्यको सम्पती हो । यसलाई हामी सबै मिलेर संरक्षण गर्नुपर्छ ।’ हायु एकता समाजका केन्द्रिय अध्यक्ष लक्ष्मण हायुले हायु समुदायको अभिभावक भनेको सरकार हो र त्यो अनुभुति रोशी गाउँपालिकाले दिलाएको बताउनुभयो । बिकासको सूचांकको हिसाबले हायु समुदाय पछाडी परेको र यस समुदायलाई उठाउँन राज्यले सहयोग गर्नुपर्ने उनले बताए ।
हायु समुदायको आफ्नै भाषा, लिपी र संस्कृति रहेको उँहाले बताउनुभयो । ती चिजहरू लोप हुदै गएकोले हायु समुदायको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण राज्यले गर्नुपर्ने उँहाको भनाई छ ।
रोशी–१० का वडाध्यक्ष विकेन लामाले हायु समुदायको बिकासको लागि वडाले सकेको वडाले र नसकेको गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । अब हायु समुदायले आफ्नो भाषा पनि सिक्नुपर्ने उनको भनाई छ । हायु भाषा सिक्नको लागि पहल गर्न अनुरोध गर्नुभएको छ ।
भुमेस्थान हायु समाजका अध्यक्ष आरती हायुको सभापतित्वमा भएको कार्यक्रममा पूर्व वडाध्यक्ष दुधराज घलान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगर, हायु एकता समाजका सचिव सुजन हायु, वडा सचिव सुरेश योञ्जन, भुमेस्थान हायु समाजका पूर्व अध्यक्ष दुधराज हायु लगायतले हायु समाजलाई राज्यको मूलधारमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
हायु समुदायका लागि रोशी गाउँपालिकाले गरेको सहयोगप्रति खुसी व्यक्त गरका थिए । विमला हायुले सञ्चालन गर्नुभएकोे कार्यक्रममा सुस्मिता हायुले स्वागत मन्तव्य राख्नुभएको थियो । सामग्री पाएपछि हायुहरू खुसीले ढोल, झ्याम्टा र घण्टी बजाएर नाचेका थिए ।
रोशी गाउँपालिका वडा नं. १० वाल्टिङमा ११ घर धुरी लोपोन्मुख हायु समुदाय बस्दै आएका छन् । काभ्रेमा हायु समुदायको जनसंख्या करिब ८५ जना रहेका छन् ।

You might also like

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

Previous Post

वाल्टिङ्गका हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण

Next Post

हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण

RadioRoshi

RadioRoshi

Related Posts

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
Roshi Khabar E-Paper

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

by RadioRoshi
बुधबार, कार्तिक १३, २०८२
अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

by RadioRoshi
सोमवार, अशोज २०, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

by RadioRoshi
मङ्लबार, भदौ ३१, २०८२
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
Next Post
वाल्टिङ्गका हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण

हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

लायन्सद्वारा रोशी गाउँपालिकाका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

लायन्सद्वारा रोशी गाउँपालिकाका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

मङ्लबार, पुस १६, २०८१
राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको खर्चको हद तीन लाख पचास हजार

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको खर्चको हद तीन लाख पचास हजार

आइतवार, पुस २९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
Roshi Khabar E-Paper

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

बुधबार, कार्तिक १३, २०८२
मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल
Roshi Khabar E-Paper

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

आइतवार, कार्तिक १०, २०८२
मन्त्रिपरिषद् विस्तारको तयारीः  चार जना मन्त्री बन्दै
Roshi Khabar E-Paper

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

आइतवार, कार्तिक १०, २०८२
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ
Roshi Khabar E-Paper

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

शनिबार, कार्तिक ९, २०८२
आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता
Roshi Khabar E-Paper

आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता

शनिबार, कार्तिक ९, २०८२
अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

सोमवार, अशोज २०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.