काभ्रे,रेडियो रोशी,
रोशी गाउँपालिका वडा नं ३ को शिखर छाप भन्ज्याङ ताराखसे पोखरी गोकुले सडकमा ढलान कार्य सम्पन्न भएको छ । प्रदेश सरकारको आ.व २०८१÷८२ को शसर्त अनुदान कार्यक्रम अन्तर्गतको ३० लाख लागतमा उक्त सडकखण्डमा ढलान गरिएको हो । वडा नं ३ को छाप देखी भञ्ज्याङ सम्म १५४ मिटर आर.सि.सि ढलान गरीएको वडा अध्यक्ष धनजीत लामाले जानकारी दिनुभयो । फागुन १८ गतेबाट सडक ढलान कार्य सुरु भएकोमा हिजो सम्पन्न भएको हो । अबको १५ दिन भित्रमा मोटर गाडी चलाउन सकिने उहाँको भनाई छ । सडक ढलानको जिम्मा एस.आर.एस वाईबा कन्स्ट्रक्सनले पाएको थियो ।