Wednesday, October 29, 2025
Date
बिहि, कार्तिक १४, २०८२
Thu, October 30, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

RadioRoshi by RadioRoshi
बुधबार, कार्तिक १३, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

रोशी गाउँपालिका वडा नम्बर ५ चिसापानी स्थित चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजो (मंगलबार) सिद्धार्थ प्रा.वि को प्राङ्गणमा सव डिभिजन वन कार्यालय कटुञ्जेवेशीका प्रमुख रुपक खत्रीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

You might also like

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

कार्यक्रमको सुरुवातमा विद्यालयका शिक्षक भगवान हुमागांई, स्थानीय सोनाम सिं लामा, महिला वडा सदस्य अनिता लामा, स्थानीय सिङ ध्वज लामा लगायतले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि सव डिभिजन वन कार्यालय कटुञ्जेका प्रमुख रुपक खत्रीले सामुदायिक वनको अवधारणा बारे प्रस्ट पार्नुभयो । अहिलेको अवस्थासम्म यस सामुदायिक वनबाट आम्दानी लिन नसक्नुको मुख्य कारण उपभोक्ता र समिति सक्रिय हुन नसक्नु रहेको उहाँले बताउनुभयो ।

उपभोक्ता सक्रिय हुँदा समिति पनि स्वत सक्रिय हुने बताउनुहुदै यसबाट राम्रो आयआर्जन गर्न सकिने बताउनुभयो । यहाँ प्रशस्त मात्रामा रहेका जडिबुटिहरु, काठ दाउराहरु निकासी बाट आयआर्जन गरेर कोष खडा गर्न सकिने धारणा राख्नुभयो ।

समितिले गर्ने हरेक निर्णयहरुमा उपभोक्ताहरु सहभागि भई वनको सरक्षणमा एकजुट हुन आग्रह गर्नुहुदै यसका लागि सव डिभिजन वन कार्यालय कटुञ्जवेशी जुनसुकै प्रकारको सहयोग र सहजिकरण गर्न तत्पर रहने बताउनुभयो ।

त्यसैगरी चौतारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ष बहादुर लामाले बिगतको प्राकृतिक प्रकोपले आफुहरुले सक्रिय रुपमा कार्यहरु गर्न बाधा पुर्याएको बताउनुभयो । समिति कार्य गर्ने क्रममै रहेको बताउनुहुदै आगामि दिनहरुमा अझै सक्रियता बढाएर आयआर्जन गर्नेतर्फ उन्मुख रहने प्रतिबद्धता जनाउनुभयो । यसका लागि उपभोक्ताहरुको पनि सक्रियता अपरिहार्य रहेको उहाँको भनाई छ ।

यस सामुदायिक वनमा सम्भावना र आम्दानीको श्रोत प्रशस्त मात्रामा रहेको बताउनुहुदै यसलाई पहिचान गर्न र यसतर्फ लाग्ने कार्य भैरहेको उहाँले बताउनुभयो । आयआर्जनको लागि वन क्षेत्रमा होमस्टे निर्माणको कार्य भईरहेको उहाँले बताउनुभयो । साथै आगामि कार्यसमितिको लागि वनलाई सक्रिय रुपमा अघि बढाउन कोहि ईच्छुक रहेमा कार्यसमितिमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो।

२०५६ सालमा स्थापना भएको यस सामुदायिक वनको कुल क्षेत्रफल ९५ हेक्टर रहेको छ । २०५६ सालमा स्थापना भएतापनी २०७९ साल देखीमात्रै सक्रिय बनेको छ । समितिको यसअघिको कार्यसमितिले सक्रिय रुपमा कार्य गर्न नसक्दा यस सामुदायिक वन निस्कृय जस्तै अवस्थामा पुगेको बर्तमान अध्यक्ष विर्ष बहादुर लामाले बताउनुभयो ।

साधारण सभामा अध्यक्ष विर्ष बहादुर लामाले समितिको २०८१।८२ को बार्षिक प्रगति प्रतिवेन, आ.ब. २०८२।८३ को योजनाहरु र समितिका कोषध्यक्ष बिमला हुमागांईले प्रस्तुत गर्नुभएको आ.ब. २०८१।८२ को बार्षिक लेखा परिक्षण प्रतिवेन सभाले सर्वम्मत रुपमा पारित गरेको छ ।

चौतारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्र्ष बहादुर लामाको अध्यक्षतामा सम्पन्न तेश्रो वार्षिक साधारण सभामा समितिका सदस्यहरु, पुर्व कोषध्यक्ष सोरथ सिं जिम्बा, महिला वडा सदस्य अनिता लामा, चौतारा सामुदायिक वन उपभोक्ता समिति पुर्व अध्यक्ष गुन्जमान लामा, बिभिन्न राजनैतिक दलका नेताहरु एवम स्थानीयहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

Previous Post

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

RadioRoshi

RadioRoshi

Related Posts

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल
Roshi Khabar E-Paper

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

by RadioRoshi
आइतवार, कार्तिक १०, २०८२
मन्त्रिपरिषद् विस्तारको तयारीः  चार जना मन्त्री बन्दै
Roshi Khabar E-Paper

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

by RadioRoshi
आइतवार, कार्तिक १०, २०८२
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ
Roshi Khabar E-Paper

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

by RadioRoshi
शनिबार, कार्तिक ९, २०८२
आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता
Roshi Khabar E-Paper

आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता

by RadioRoshi
शनिबार, कार्तिक ९, २०८२
अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

by RadioRoshi
सोमवार, अशोज २०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

शुक्रबार, जेष्ठ १७, २०८२
आज नागपञ्चमी, देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेष पूजाआजा गरेर मनाइँँदै

आज नागपञ्चमी, देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेष पूजाआजा गरेर मनाइँँदै

सोमवार, भदौ ४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
Roshi Khabar E-Paper

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

बुधबार, कार्तिक १३, २०८२
मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल
Roshi Khabar E-Paper

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

आइतवार, कार्तिक १०, २०८२
मन्त्रिपरिषद् विस्तारको तयारीः  चार जना मन्त्री बन्दै
Roshi Khabar E-Paper

मन्त्रिपरिषद् विस्तारको तयारीः चार जना मन्त्री बन्दै

आइतवार, कार्तिक १०, २०८२
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ
Roshi Khabar E-Paper

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

शनिबार, कार्तिक ९, २०८२
आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता
Roshi Khabar E-Paper

आन्दोलनरत नर्सहरूको मागप्रति नेविसंघको ऐक्यबद्धता

शनिबार, कार्तिक ९, २०८२
अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

सोमवार, अशोज २०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.