रोशी सहकर्मी-फागुन ९,
२०७६,काभ्रे/

महाशिवरात्री तथा सेना दिवसको अवसरमा विष्णु दल गण धुलिखेलले गरेको मैत्री पूर्ण फूटबल राष्ट्र सेवक कर्मचारीले जितेका छन । राष्ट्र सेवक कर्मचारी र जिल्लाबासी बीच भएको खेलमा कर्मचारीले टाइबेकर मार्फत जित निकालेको थियो ।
निर्धारित समयमा गोल हुन नसकेपछि १५ मिनेट इन्जूरी समय थप गरिएको थियो । थपिएको समयमा दुईवटै टिमले १÷१ गोल गरे । इन्जूरी समयमा पनि बराबर गोल भएपछि टाइवेकर मार्फत फाइनल गरिएको थियो । टाइबेकरमा कर्मचारीले ४ र जिल्लाबासीले ३ गोल गरेका थिए । विजयी टिमलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments