कभ्रे,
पनौती नगरपालिका – ५ सुब्बागाउँको खेतमा रोपिएको आलु खेतीमा बँदेलले क्षति पु¥याउँदै आएको छ । जङ्गल छेउका खेतमा एक रातमै करिब दुई÷तीन रोपनी खेतको आलुको ड्याङ भत्काएर खाने र कलिलैमा सपाख पारेपछि स्थानीय कृषक चिन्तित बनेका छन् । केही दिनदेखि बँदेल आतङ्कका कारण राति खेत कुर्नुपर्ने बाध्यता आउन थालेको स्थानीय बुद्धिबहादुर थापाले बताए । उनका अनुसार नगर तथा जिल्लास्थित निकायमा बालीमा क्षति पु¥याएको तथा रोकथामका लागि मौखिक जानकारी गराइएको छ । पीडित कृषक अब लिखितरुपमा माग गर्ने तयारीमा छन् ।