रोशी सहकर्मी–बैशाख २२,
२०७७,काभ्रे/

पाँचखाल नगरपालिकाले कक्षा १० र एसईई तयारीमा रहेका बिद्यार्थीलाई लक्षित गरेर अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसका कारण मुलुकभर भएको बन्दाबन्दी (लकडाउन) ले बिद्यालय जानबाट बन्चित बिद्यार्थीलाई लक्षित गरेर अनलाइन कक्षा सञ्चालनमा ल्याएको हो ।

नगरप्रमुख महेश खरेलले कक्षा नौ बाट कक्षा १० मा पुगेका सात सय छ जना र एसईई तयारीमा रहेका छ सय ५५ जना बिद्यार्थीलाई सोमबार बाट अनलाइन कक्षाबाट पढाई सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अग्रेजी, गणित, बिज्ञान, नेपाली र सामाजिक बिषय पढाई हुने छ ।

नगरले अनलाइनको पहुँचमा नभएका बिद्यार्थीलाई रेडियो मार्फत कक्षा सञ्चालन गरिने जनाएको छ । रेडियो रोशी १०१ थोप्लो ६ मेगाहर्जले शनिवार बाहेक दैनिक चार घण्टा ‘एसईई पुनर्ताजगी कक्षा’ नमाक रेडियो कार्यक्रम प्रशारण गरिरहेको छ ।

Facebook Comments