काभ्रे,
नेपाल सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीहरुकोे उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । प्यालेस्टाइन समूह हमासको आक्रमणपछि इजरायलका बंकरमा रहेका उनीहरुलाई स्वदेश ल्याउन सरकारले आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको हो । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो ।
इजरायलमा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्। घर फर्किन चाहने नेपालीहरू तीन सय ५० जना त्यँहास्थित नेपाली दूतावासको सम्पर्कमा छन् ।