काभ्रे,
नक्कली सवारी दर्ता किताव बनाउने काम गर्दै आएका तेमाल गाउँपालिका वडा नम्बर ८ घर भएका डि.बी भनिने दिल बहादुर घिसिङ (तामाङ) पक्राउ परेका छन् ।
लिखत किर्ते गरी सवारी दर्ता किताव लगायतका कागजातहरु तयार गरी लिखत किर्ते गर्ने गरेको गोप्य सूचनाको आधारमा घिसिङ (तामाङ) पक्राउ परेका हुन् । उनीसँगै चौतारा साँगाचोकगढि नगरपालिका वडा नम्बर २ घर भएका आईतसिंह तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट भन्सार चोरी पैठारी गरी ल्याएको विभिन्न सवारी साधनका ब्लुबुक तथा सवारी दर्ता प्रमाणपत्र प्रहरीले बरामद गरेको छ । त्यसैगरी विभिन्न सरकारी कार्यालयको छाप ४ थान र दुई थान मोबाईल बरामद गरेको प्रहरीले जनाएको छ ।
४२ बर्षीय डि.बीलाई कालीमाटीबाट र ३३ बर्षीय आईत सिंहलाई बम्ह्रखेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई लिखत किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।