काभ्रे,देबराज उप्रेती,
रोशी गाउँपालिका वडा नम्बर ११ मेर्पा गाउँनै उज्यालोमय बनेको छ । हिजो (बिहिबार) रास्ट्रिय बिद्युत लाइन प्रसारणको उद्घघाटन भएसँगै मेर्पा गाउँका ३७ घर धुरी अन्धकारमुक्त बनेका छन् । नेपाली काङ्ग्रेस महासमिती सदस्य एवं आगामि मङ्सिर ४ मा हुने निर्वाचनको क्षेत्र नं १ प्रदेस क का समानुपातिक उमेद्वार शंङ्खबुद्ध लामाले लाइन प्रसारण को उद्घाटन गर्नुभएको हो । यसअघि गाउँमा लघु जलविद्युतले बिजुली प्रसारण गरेतापनि गुणस्तरिय बिद्युत नभएको , हावाहुरिको समयमा प्राबिधिक समस्या आउने जस्ता कारणले गर्दा रास्ट्रिय बिद्युत प्रसारणको योजना अघि सारिएको हो । धेरै समय पहिलेदेखि नै योजना बनाइएको भएपनि बिगत १ बर्षदेखि योजनाको कार्य शुरु गरिएको बताउदै यो आर्थिक बर्षभित्रै वडा नं ११ को सम्पुर्ण बस्तिहरुमा बिद्युत पुग्ने वडा अध्यक्ष लालकुमार पाख्रिनले बताउनुभएको छ ।
कार्यक्रममा गाउँपालिका सभापति दुधराज तामाङ ,नेपाली काङ्ग्रेस महाधिवेशन सदस्य शंङ्खबुद्ध लामा , नोलाईट भकुञ्डेबेशीका रामप्रसाद अधिकारि , पुर्व वडा अध्यक्ष मिलन लामा लगायतको सहभागिता रहेको थियो ।