काभ्रे,देबराज उप्रेती,
एक विद्यालय एक कम्युटर कार्यक्रम अन्तर्गत आज (शुक्रबार) रोशी गाउँपालिका भित्रका बिभिन्न ५ विद्यालयहरुमा प्रिन्टर सहित कम्युटर वितरण गरिएको छ । गाउँपालिकाको बजेटबाट विद्यालयमा पठनपाठन कार्यलाई सहज बनाउन एवं हस्तलिखीत कार्यहरुलाई कम्प्युटर प्रविधिबाट अघि बढाउन प्रिन्टर सहित कम्युटर वितरण गरिएको हो । गाउँपालिका भित्रका अन्य विद्यालयहरुमा पनि कम्युटर वितरण प्रकृया भईरहेको बताईएको छ ।
गाउँपालिका अध्यक्ष दिनेस लामा , प्रमुख प्रशासकिय अधिकृत राम लामा , सम्बन्धित विद्यालयका प्रधान्याध्यापक एवं विद्यालय व्यवस्थापन समिति अध्यक्षको उपस्थितिमा बिध्या बिकास प्राथमिक बिद्यालयमा ५ वटा , महाकालि देबि प्राथमिक बिद्यालयमामा ९ , बुद्धि बिनोद प्राथमिक बिद्यालयमा १०, जन आदर्श प्राथमिक बिद्यालयमा ११ र भुबनेश्र्री प्राथमिक बिद्यालयमा १२ बटा प्रिन्टर सहित कम्युटर वितरण गरिएको हो ।