काभ्रे,
ईलाका प्रहरी कार्यालय मंगलटारले पैदल यात्रुहरुको सहजताको लागि भ्याकुरे खोलामा काठको अस्थायी पुल निर्माण गरेको छ । सरोकारवालाहरुको सहकार्यमा पैदल यात्रीहरुलाई यात्रा सहजीकरणको लागि रोशी गाउँपालिका वडा न ११ स्थित भ्याकुरे खोलामा काठको फड्के बनाइएको हो ।
अबिरल वर्षाको कारण भ्याकुरे खोलाको बाढीले बाटो कटान गरी अवरुद्ध भएपछि यात्रुहरुको सहजताका लागि काठको पुल बनाइएको ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरीक्षक कृष्ण गिरिले जानकारी दिनुभयो । सरोकारवाला निकाय, व्यक्तिहरुसँगको सहकार्यमा बिपद उद्धार तथा व्यवस्थापनमा निरन्तर लागि रहेको उहाँले बताउनुभयो ।