Saturday, June 27, 2026
Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सम्मान तथा साँस्कृतिक कार्यक्रम गर्दै मनायो नमोबुद्धले अन्तर्राष्ट्रिय महिला दिवस

RadioRoshi by RadioRoshi
शनिबार, फाल्गुन २४, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, स्थानीय खबर, स्थानीय तह
0
सम्मान तथा साँस्कृतिक कार्यक्रम गर्दै मनायो नमोबुद्धले अन्तर्राष्ट्रिय महिला दिवस
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको नमोबुद्द नगरपालिकाले सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम गर्दै ११५औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । आज नगरप्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रमको प्रमुख अतिथि तथा नगर प्रमुख कुन्साङ लामाले पानसमा दिप प्रज्वलन गरेर शुभारम्भ गर्नुभएको थियो ।

You might also like

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

रोशी गाउँपालिकामा भोलि शोक विदा

नगरपालिकाको महिला तथा वालवालिका शाखाको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा कार्यपालिका सदस्य सुसिला परियारले स्वागत मन्तब्य राख्नुभएको थियो । यस बर्षको लागि दिवसको राष्ट्रिय नारा ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगरप्रमुख लामाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस सफलताको सम्पूर्ण नगरवासी दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । महिलाहरुको समानता, सशक्तिकरण र सम्मानको लागि यो दिवस विशेष रहने उहाँको भनाई छ ।

महिलाहरु समाजको अभिन्न अंग हुन् र उनीहरुको विकास बिना समाजको समग्र विकास सम्भव नहुने उहाँको भनाई छ । महिलाहरुलाई आत्मनिर्भर बनाउन र उनीहरुको प्रतिभालाई प्रस्फुटित गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

नगरपालिकाका सम्पूर्ण महिला कर्मचारी, महिला जनप्रतिनिधि र महिला सामाजिक कार्यकर्ताहरुलाई उहाँहरुको अथक प्रयास र योगदानको लागि ज्ञापन गर्नुभएको छ । त्यसैगरी मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

दिवसको अवसरमा महिलाहरुको हक र अधिकारको क्षेत्रमा सकृय दुई ब्यक्तित्वलाई सम्मान समेत गरिएको छ । यसरी सम्मानित हुनेहरुमा महिलाहरुको हक र अधिकारको क्षेत्रमा सकृय रहेर कार्य गर्दै आउनुभएको नमोबुद्द नगरपालिका वडा नं.१० का वडा अध्यक्ष रामकृष्ण उपाध्याय र महिलाहरुको आवाजलाई बुलन्द गरेर बिगत ३ दशकदेखी पत्रकारितामा संलग्न हुनुभएको भगवति तिमल्सिना रहेका छन् ।

त्यसैगरी ११५औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरीएको वक्तृत्वकला प्रतियोगितामा विजेता छात्राहरुलाई नगद र प्रशंसापत्रद्धारा सम्मानित गरीएको छ । वक्तृत्वकला प्रतियोगितामा श्री बाल उज्वल मा.वि मा अध्ययनरत छात्रा मनिसा घोरसैनी प्रथम, श्री कृष्ण मा.वि मा अध्ययनरत छात्रा आयुषा सुवाल दोस्रो, आवासीय मा.वि मा अध्ययनरत छात्रा अनिता तामाङ तेस्रो र राम मा.वि मा अध्ययनरत छात्रा सचिता अधिकारी चौथो बनेका थिए । प्रथम, दोस्रो, तेस्रो र चौथो हुने छात्राहरुलाई क्रमशः दस हजार, सात हजार, पाँच हजार र तिन हजार नगद र प्रशंसापत्रद्धारा सम्मान गरीएको हो । कार्यक्रममा कलाकारहरु कृष्ण समिप, कल्पना सुनुवार, कामना वली लगायतले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा मानव अधिकारकर्मी भोजराज तिमल्सिना, महिला सहकारी सञ्जालका अध्यक्ष राधिका तिमल्सिना तथा सञ्जालका पदाधिकारीहरु, नमोबुद्व नगरपालिका नगर युवा परिषद् कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी,बिभिन्न वडाका वडा अध्यक्षहरु, पत्रकारहरु, कलाकारहरु लगायतको सहभागिता रहेको थियो । नगरपालिकाका उपप्रमुख रत्न लामाको सभाध्यक्षतामा भएको कार्यक्रम महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखाका प्रमुख तारा सुनुवारले सञ्चालन गर्नुभएको थियो ।

Previous Post

पुल निर्माणमा ढिला सुस्ति भएपछि तीन पालिकाले बुझाए प्रदेश सरकारलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र

Next Post

लायन्सद्वारा रोशी–११ स्थित सत्यकालीका विद्यार्थीलाई ट्र्याकसुट र शैक्षिक सामग्री वितरण

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
Next Post
लायन्सद्वारा रोशी–११ स्थित सत्यकालीका विद्यार्थीलाई ट्र्याकसुट र शैक्षिक सामग्री वितरण

लायन्सद्वारा रोशी–११ स्थित सत्यकालीका विद्यार्थीलाई ट्र्याकसुट र शैक्षिक सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

धुलिखेल–११ बाँनियाछापमा भिषण आगलागी , क्षतिको विवरण आउन बाँकी

धुलिखेल–११ बाँनियाछापमा भिषण आगलागी , क्षतिको विवरण आउन बाँकी

मङ्लबार, मंसिर १२, २०८०
त्रिशूली ट्याक्सी दुर्घटना अपडेटः मृत्तक ५ जनाकोे पहिचान, एक अझै बेपत्ता

त्रिशूली ट्याक्सी दुर्घटना अपडेटः मृत्तक ५ जनाकोे पहिचान, एक अझै बेपत्ता

शनिबार, चैत्र १७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.