काभ्रे,
बनेपामा योद्धा गाडीको ठक्करबाट स्कुटर चालकको निधन भएको छ । गोदामचोक नजिक बनेपा–पनौती सडक खण्डमा योद्धा गाडीको ठक्करबाट स्कुटर चालक तेमाल-१ घर भएका ज्ञान ध्वज तामाङ टाउकोमा गम्भीर चोट लागी घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शनिबार दिउसो पनौतीबाट बनेपा तर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको योद्धा गाडीले बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा.प्र.०२–०२३ प ६०२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तेमाल– १ घर भई बनेपामा डेरा गरी बस्ने अन्दाजी ४५ वर्षीय ज्ञान ध्वज तामाङ टाउकोमा गम्भीर चोट लागी घाइते भएका हुन ।
घाइते तामाङलाई उपचारको लागि शिर मेमोरियल अस्पताल पठाईएको थियो । उनलाई उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन् । स्कुटरलाई ठक्कर दिने योद्वा गाडी र स्कुटर इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा छ । गाडी चालक भने फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।