काभ्रे,
रामेछापबाट काठमाडौं आउँदै गरेको बस भुम्लु गाउँपालिकामा दुर्घटना भएको छ । रामेछापको डोरखानीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४०८ नम्बरको बस आज दिउँसो करिब १२ः२० बजे ब्रेक फेल भई भुम्लु गाउँपालिका वडा नम्बर ८, पौवा स्थित सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा २३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बसमा ३२ जना यात्रु सवार थिए। तीमध्ये हालसम्म नाम, थर र वतन खुल्न नसकेका २३ जना घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बस चालकलाई दोलालघाट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप बिवरण आउन बाकि छ ।