काभ्रे,
जुनार र सुन्तलाको फलमा सुँडे मोथ नामक पुतलीले क्षति पु¥याउन थालेपछि सिन्धुलीको गोलन्जोर गाउँपालिकाका किसानहरु चिन्तित बनेका छन् । अघिल्ला वर्षमा केही मात्रामा देखिएको पुतली यही वर्षदेखि प्रकोपकै रुपमा देखिएपछि किसानहरु चिन्तित बनेका हुन् । पुतली नष्ट गर्ने औषधि प्रयोग गरे पनि प्रभाव नदेखिएपछि गोलन्जोर गाउँपालिकाले पुतली मार्नेलाई प्रतिवटा २ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
पुतली रोक्न कुनै उपाय नभएपछि गाउँपालिकाले आफैं मार्न प्रोत्साहन गर्न बाध्य हुनुपरेको गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताउनुभयो । विज्ञहरुसँग छलफल गर्दा पनि यो पुतली मार्न कुनै उपाय नभएपछि किसानलाई नै प्रोत्साहन गर्ने नीति लिईएको अध्यक्ष बरालले बताउनुभयो ।
अध्यक्ष बरालका अनुुसार सुँडे मोथ पुतली दिनको समयमा कतै सुरक्षित रुपमा बस्ने र राति जुनार, सुन्तलाको फलको रस चुस्न आउने गर्दछ । रस चुसेको २ दिनभित्रै फल कुहिएर झरिहाल्ने गरेको उहाँको भनाई छ ।
पुतली प्रकोपकै रुपमा देखिन थालेपछि अहिले किसानहरु रातको समयमा बत्ती बालेर गस्ती नै बस्न थालेको अध्यक्ष बरालले बताउनुभयो ।
नेपालकै सबैभन्दा बढी जुनार उत्पादन गर्ने पालिकाका रुपमा चिनिन्छ । अहिले पुतलीले रस चुसिदिँदा जुनार र सुन्तला सखाप हुने स्थिति आएको किसानहरुको भनाई छ ।